नेपालबाट उच्चस्तरीय टोलि ‘ अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन -२६ ‘ तयारीका लागि पटनातर्फ प्रस्थान

Date:

पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
भारतको पटना मा आयोजना हुन लागेको आगामी ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को भव्य तयारी तथा समीक्षाका लागि विश्व ज्योतिष महासंघको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपालबाट पटनातर्फ प्रस्थान गरेको छ।

उक्त प्रतिनिधिमण्डलमा डा. लोकराज पौडेल (अध्यक्ष), प्रो. डा. सुबोध शुक्ला (कोषाध्यक्ष), आचार्य लक्ष्मण पन्थी (दक्षिण एशियाई ज्योतिष महासंघका अध्यक्ष) तथा एस्ट्रो भरतमणि ज्ञवाली (महासचिव) रहनुभएको छ। टोली आगामी तीन दिनसम्म पटनास्थित होटल चाणक्यमा बसोबास गर्दै आयोजक समिति, अन्तर्राष्ट्रिय समिति तथा समीक्षा बैठकहरूमा सहभागिता जनाउनेछ। साथै पत्रकार सम्मेलनमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । काठमाडौँबाट वीरगञ्ज आइपुग्ने क्रममा उक्त टोलीलाई भव्य स्वागत गरिएको थियो। विश्व ज्योतिष महासंघका एशिया उपसभापति डा. पुरुषोत्तम दुबे को नेतृत्वमा वीरगञ्जका प्रतिष्ठित समाजसेवी तथा विद्वानहरूले टोलीको अभिनन्दन गरेका थिए।

सो अवसरमा टोलीले प्रसिद्ध शक्तिपीठ श्री गहवा माई मन्दिरमा दर्शन तथा पूजा–अर्चना समेत गरेको थियो। मन्दिरका मूल पुजारी राधेश्याम उपाध्यायले टोलीलाई आशीर्वाद प्रदान गर्नुभएको थियो।

कार्यक्रममा श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, महासचिव पप्पु गुप्ता, ब्राह्मण समाजका बृजमोहन तिवारी तथा ज्योतिष परिषद्का विद्वानहरू पण्डित श्याम सुन्दर पाण्डेय, पण्डित दिनेश तिवारी, पण्डित रत्नेश तिवारी, पण्डित विद्याधर झा, पण्डित संजय चतुर्वेदी र पण्डित ध्रुवनारायण पाण्डेयको उपस्थिति रहेको थियो।

यसैगरी समाजसेवी राजेन्द्र सिंह र पत्रकार सन्तोष मिश्र लगायतका गण्यमान्य व्यक्तिहरूले आगामी सम्मेलनको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
यो भ्रमणले नेपाल र भारतका ज्योतिषीहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी सम्मेलनलाई ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...