कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, चैत्र ०२ गते, वीरगञ्ज।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा वीरगञ्जस्थित कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी–सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा सहभागी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीलाई कंचनजंघा स्कुलले सम्मानसमेत गरेको थियो।

सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा प्रहरी निरीक्षक सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कंचनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकी, स्कुलका डाइरेक्टर मार्टिन मोक्तान, सामुदायिक प्रहरीका सदस्यहरू सुमित्रा भुमिहार, ज्ञानमाया रायमाझी, नरेन्द्र अग्रवाल, बिर्ता प्रहरीका प्रसह पाचु राम, राज साह कानु, सामुदायिक प्रहरी जवान सुरज सिंह लगायत शिक्षकहरू तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले लागुऔषध के हो, यसको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी दिएका थिए। उनले लागुऔषध सेवनले मानिसलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा कमजोर बनाउँदै अन्ततः दुःखद अवस्थासम्म पुर्‍याउन सक्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए। साथै उनले वृतचित्र, विभिन्न तस्बिर तथा सन्देशमूलक नारामार्फत लागुऔषध नियन्त्रण सम्बन्धी कानुनी प्रावधान र सजायबारे पनि जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले सोधेका जिज्ञासापूर्ण प्रश्नहरूको उनले स्पष्ट र सन्तोषजनक उत्तर दिएका थिए।
सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले लागुऔषधले युवाको भविष्य अन्धकार बनाउने भएकाले यसबाट टाढा रहन र अरूलाई पनि सचेत गराउन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा प्रहरी कार्यालय, प्रशिक्षक, अतिथि तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रमका क्रममा कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तानले प्रमुख अतिथि तथा अतिथिहरूलाई खादा ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।
कार्यक्रमको समापन गर्दै स्कुलका निर्देशक तथा सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मोक्तानले समाजमा बढ्दो लागुऔषध समस्यालाई न्यूनीकरण गर्न यस्ता जनचेतनामूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम आयोजना गर्ने सामुदायिक प्रहरी कुम्हालटोल तथा प्रशिक्षण प्रदान गर्ने प्रहरी निरीक्षक सुवेदीप्रति विशेष आभार व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...