अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर वितरण , सशस्त्र प्रहरीको मानवसेवा अभियान निरन्तर

Date:

पर्सा पोस्ट, चैत ०३ गते , वीरगञ्ज ।
शस्त्र प्रहरी बल गण नं. १३ पर्सा, वीरगञ्ज तथा वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय र सहयोगमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकाका चार जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर वितरण गरिएको छ।

जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. १ पकडीटोल निवासी ६२ वर्षीय प्रेम चौधरी रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा मेरुदण्ड (स्पाइनल कर्ड) मा गम्भीर चोट लागी पूर्ण रूपमा अपाङ्ग भएका हुन्। विगत दुई वर्षदेखि ओछ्यानमै सीमित उनको परिवार आर्थिक रूपमा पनि कमजोर रहेको जानकारी पाएपछि सशस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री स्वयं घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेका हुन्।

यसैगरी, सोही गाउँपालिकाको वडा नं. २ सेढवा निवासी ३५ वर्षीय बिनोद दास थारु जन्मजातै तल्लो भाग नचल्ने अवस्थाका कारण हिँडडुल गर्न असमर्थ रहेका छन्। उनलाई पनि घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ।

त्यस्तै, धोबनी गाउँपालिका वडा नं. ५ निवासी ४२ वर्षीय मनबोध चौधरी लामो समयदेखि रोगका कारण अपाङ्ग भई हिँड्न नसक्ने अवस्थामा रहेका थिए। उनलाई समेत घरमै पुगेर ह्विलचेयर सहयोग गरिएको छ।

यसै क्रममा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ झौवा निवासी १० वर्षीय आलोक कुमार राम जन्मजात अपाङ्गता भएका कारण हिँडडुल गर्न नसक्ने अवस्था रहेकाले उनलाई पनि ह्विलचेयर उपलब्ध गराइएको छ।

ह्विलचेयर वितरण कार्यक्रममा सशस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री, बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षद्वय रामशरण खवास र मनौवर अहमद, साथै स्थानीय व्यक्तित्वहरू रामसुरत प्रसाद कुर्मी, औरेन्जेब अहमद लगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल गण नं. १३ ले यसअघि पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा पुगेर असहाय र विपन्न व्यक्तिहरूलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको छ। यस किसिमको मानवीय कार्यले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...