सामुदायिक प्रहरी कुम्हालटोलद्वारा नवनिर्वाचित सान्सद हरि पन्तलाई सम्मान

Date:

पर्सा पोस्ट, चैत्र ०१ गते, वीरगञ्ज ।
सामुदायिक प्रहरी कुम्हालटोलले पर्सा निर्वाचन क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सामुदायिक प्रहरीसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद पन्तलाई अबिर, टीका, खादा तथा माला लगाएर मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै विभिन्न सुझावसहितको ज्ञापनपत्र पनि हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सांसद पन्तले देशमा प्रहरीप्रति रहेको अनावश्यक डर हटाउन तथा समाजसँग सहकार्य गर्दै सेवा प्रवाह गर्न सरकारद्वारा सामुदायिक प्रहरीको अवधारणा ल्याइएको उल्लेख गरे। उनले सामुदायिक प्रहरीले प्रहरी र समाजबीच विश्वासको पुलको रूपमा काम गर्दै समाज सेवामा अग्रपंक्तिमा भूमिका खेलिरहेको बताए।

सांसद पन्तले आफू नेता नभई जनताको सेवक भएको बताउँदै यस पटकको चुनावमा कुनै व्यक्तिले नभई जनताले जनतालाई जिताएको धारणा व्यक्त गरे। “तपाईंहरूले मलाई जिताएर निरन्तर बधाई तथा शुभकामना दिनु भएको छ, यसले ममाथि अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको छ। सकेसम्म देश, वीरगञ्ज र यहाँका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।

कार्यक्रममा सल्लाहकार मार्टिन मोक्तानले सांसद पन्तलाई बधाई दिँदै उनको जितले महात्मा गान्धीको अमर वाणी ‘सादा जीवन, उच्च विचार’ को झल्को दिएको बताए। उनले पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई यहाँसम्म पुर्‍याउन पन्तको सरल, मिलनसार तथा हार नमान्ने स्वभावले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सामूहिक प्रयासबाट पर्साका चारै क्षेत्रका सांसद पदमा जनताको विश्वास जित्न सफल भएको बताए।

सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले नवनिर्वाचित सांसद पन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्दै छोटो समयको आग्रहमा पनि कार्यक्रममा सहभागी भई सुझाव ग्रहण गरेकोमा धन्यवाद व्यक्त गरे।

उक्त अवसरमा भावी प्रधानमन्त्री र शिक्षा मन्त्रीको नाममा सुझावसहितका पत्रहरू पनि सांसद पन्तलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरीका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ५ का वडासदस्य मनोज साह, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अभिभावक संघका अध्यक्ष सन्दिप साह, लोकल नेपाल प्रा.लि.का सञ्चालक तथा मोडल युवराज केसरी, प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिरलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...