बिरगंजमा रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम – ३ महिला सहित ४९ जनाले दिए रगत , अस्पतालका बिरामीलाई राहत

Date:

पर्सा पोस्ट, फाल्गुन ०९ गते, बिरगंज ।
रोटरी क्लब बिरगंज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारालाई मूलमन्त्र बनाउँदै माइस्थान पार्कमा आयोजित कार्यक्रममा ३ महिला सहित ४९ जनाले रक्तदान गरेका छन्।

रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम तत्काल आयोजना गरिएको मेट्रोपोलिसका अध्यक्ष संजय जोशीले जानकारी दिए। पछिल्लो समय बिरगंजस्थित नारायणी अस्पताल लगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूलाई आवश्यक रगत नपाउँदा समस्या बढिरहेको अवस्थामा कार्यक्रमले राहत पुगेको बताइएको छ।

रक्तदान गर्नेहरूमा विधा भारती, स्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम, आयुष सिंह, रवि श्रेष्ठ, श्याम अग्रवाल लगायतका रक्तदाताहरू सहभागी थिए। उनीहरूले मानवीय सेवाभावका साथ रक्तदान गरी सामाजिक एकताको उदाहरण प्रस्तुत गरेका आयोजकको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले रक्तदान गर्दा दातालाई कुनै हानि नहुने तर प्राप्तकर्ताको जीवन नै बच्ने भएकाले सबैलाई नियमित रूपमा प्रत्येक तीन महिनामा रक्तदान गर्न आग्रह गरे। उनले कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्ण रक्तदाता र सहयोगीप्रति आभार व्यक्त गरे।

त्यसैगरी रोटरी क्लब बिरगंजका अध्यक्ष गोपाल खेतानले बिरगंजमा रगतको अभाव गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै सबै नागरिकले हातेमालो गरी रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष एवं वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नारायणी अस्पतालका मेसु डा. चित्ररन्जन साह, डा. आनन्द अग्रवाल, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रोटरीका पूर्व अध्यक्ष शशीरञ्जन कलवार, गहवामाई रथयात्रा बिरगंजका महासचिव लक्ष्मी गुप्ता (पप्पु), रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पाण्डे लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अतिथिहरूले रक्तदानजस्तो पवित्र कार्यले कसैको जीवन बचाउन सकिने भन्दै रक्तदातालाई “जीवनदाता”को संज्ञा दिएका थिए। साथै युवा, महिला तथा अग्रज सबैलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्दै रोटरी परिवारलाई धन्यवाद तथा बधाई दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...