गौतम स्कुलको ” शाईनिङ स्टार्स ” भब्य समापन : युूकेजि दीक्षान्त समारोह आकर्षणको केन्द्र

Date:

पर्सा पोस्ट, फागुन ०९ गते, वीरगञ्ज।
वीरगञ्जस्थित Gautam School द्वारा आयोजित “शाइनिङ स्टार्स–२०८२” कार्यक्रमको तेस्रो तथा अन्तिम दिन भव्य, उल्लासमय र भावनात्मक वातावरणका बीच सम्पन्न भएको छ। विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँबाट आउनुभएका प्रशिक्षण विभाग (ईसीईसी) का सहायक विभाग प्रमुख सुमिन महर्जन रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा विद्यालयका निर्देशक सोनम लामा, Rungta Group of Industries का निर्देशक नारायण रुङ्गटा, Nepal Mediciti Hospital का अस्थिरोग विशेषज्ञ डा. रञ्जन झा, स्नायु शल्यचिकित्सक डा. फिरोज अफजल, ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सुश्मिता यादव, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

तेस्रो दिनको मुख्य आकर्षण “भव्य समापन” तथा यूकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह बनेको थियो। साना–साना विद्यार्थीहरूले दीक्षान्त टोपी र प्रमाणपत्र ग्रहण गर्दै नयाँ शैक्षिक यात्रातर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। दीक्षान्त समारोहका क्रममा अभिभावकहरू भावुक बनेका थिए भने विद्यार्थीहरूको उत्साह र मुस्कानले कार्यक्रमस्थल नै उज्यालो बनेको थियो।

कार्यक्रमभरि विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई विशेष बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, सृजनात्मक सोच र अनुशासित सहभागिताले उपस्थित अतिथि तथा अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

प्रमुख अतिथिले आफ्नो मन्तव्यमा शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरहने उल्लेख गर्दै यस्ता सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

अन्य वक्ताहरूले पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सह–पाठ्यक्रम गतिविधिहरू अपरिहार्य रहेको धारणा राख्दै यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न मद्दत गर्ने बताए।

कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक सौराज प्रधानले प्रभावकारी ढङ्गले गर्नुभएको थियो। समग्रमा “शाइनिङ स्टार्स–२०८२” ले बालप्रतिभाको उजागर, संस्कार–संस्कृतिको संरक्षण तथा गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विद्यालय प्रशासनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...