चोर्नी – कोनियामा अनिल रुङ्ग्टाको घरदैलोमा जनलहर , विकास एजेन्डा सार्वजनिक गर्दै जितप्रती बिश्वस्त

Date:

पर्सा पोस्ट, फागुन ११ गते, बिरगंज ।नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानप्रति स्थानीय नागरिकको उल्लेखनीय आकर्षण देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नी तथा कोनिया क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले फूलमाला, अबिर, बाजागाजा र नारासहित भव्य स्वागत गर्दै समर्थन जनाएका थिए।

कार्यक्रमका क्रममा टोल–टोलमा पुगेका रुङटाले घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मले रोजगारी अभाव, सडक तथा ढल निकासको समस्या, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको माग राखेका थिए। मतदाताका गुनासा र सुझाव सुनेपछि रुङटाले ती समस्यालाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपश्चात् क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको स्तर सुधार तथा सडक पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाइने बताए।

“जनताको मत र विश्वास नै मेरो शक्ति हो। पर्सा–१ लाई विकास र अवसरको केन्द्र बनाउने लक्ष्यका साथ निरन्तर सक्रिय रहनेछु,” उनले भने।
यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको बताए। उनका अनुसार स्थानीय जनताको सहभागिता र समर्थनले आगामी निर्वाचनमा सकारात्मक परिणामको संकेत गरेको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा स्वयंसेवक, महिला समूह तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। चोर्नी र कोनियामा देखिएको उत्साहसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि थप सक्रिय र प्रतिस्पर्धात्मक बन्दै गएको स्थानीयवासीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...