ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलद्वारा आमाको माया छात्रावासलाई १० थान थर्मस सहयोग

Date:

पर्सा पोस्ट , पौष १० गते , बिरगंज ।
जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, वीरगञ्जमा आश्रित बालबालिकाहरूलाई जाडोयाममा न्यानो र स्वास्थ्यकर रूपमा गरम पानी सेवन गर्न सहज होस् भन्ने उद्देश्यले ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले १० थान थर्मस (Thermos) सहयोग प्रदान गरेको छ।

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नै खाजाको पैसा बचत गरी उक्त सामग्री खरिद गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हुन्। उनले भनिन्, “सानो–सानो योगदानले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौँ।”

सहयोग हस्तान्तरण कार्यक्रम ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई रहेका थिए भने विशिष्ट अतिथिमा प्रकाश कर्ण तथा सञ्चारकर्मी अभिलाष गुप्ताको उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबका पूर्व अध्यक्ष ओम द्विवेदी, मोहित मित्रुका, जेसिका यादव, रिपु राउत, एम.डी. साहिल, रिशान्त कुमार सिंहलगायत क्लबका सदस्यहरू तथा आमाको माया छात्रावासका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल चौगाईले विद्यार्थीहरू सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय हुनु प्रशंसनीय रहेको उल्लेख गर्दै भने, “ईन्टरएक्ट क्लबका विद्यार्थीहरूले देखाएको संवेदनशीलता र सेवाभाव वास्तवमै अनुकरणीय छ। यस्ता कार्यले समाजमा सकारात्मक सोच विकास गर्नुका साथै बालबालिकामा जिम्मेवारीबोध र मानवता सिकाउने काम गर्छ।”

त्यसैगरी विशिष्ट अतिथि प्रकाश कर्णले छात्रावासमा रहेका बाँकी १६ जना विद्यार्थीहरूका लागि १६ थान थर्मस आउने एक हप्ताभित्र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अवसरमा बालबालिकाहरूलाई मोजा वितरण गर्नुका साथै केक काटेर सबै विद्यार्थीहरूलाई खुवाइएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। कार्यक्रम आत्मीय, खुशीपूर्ण तथा धुमधामका साथ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...