नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशको मस्यौदा बिधान २०८२ विषयक छलफल तथा परामर्श कार्यशाला बिरगंजमा सम्पन्न

Date:

पर्सा पोस्ट, पौष १० गते, वीरगञ्ज ।
नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका आठवटै जिल्लाको सहभागितामा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल तथा परामर्श कार्यशाला वीरगञ्जमा सम्पन्न भएको छ। कार्यशालाको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी उपसभापति श्रीमती मधु राणा, पूर्व केन्द्रीय सदस्य श्याम पोखरेल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फूल महम्द मियाँले गर्नुभएको थियो।

कार्यक्रममा वीरगञ्ज शाखाका सभापति बृज किशोर पटेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यशालाको उद्देश्य तथा मस्यौदा विधान २०८२ को महत्वबारे प्रकाश पार्नुभयो। उद्घाटन कार्यक्रम परम्परागत रूपमा गमलामा पानी हालेर संयुक्त रूपमा गरिएको थियो।

कार्यशालामा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेल, केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइराला, पर्सा शाखाका कोषाध्यक्ष दया शंकर सिंह, कार्यालय प्रमुख बिरसमसेर कुर्मी, उमेश मिश्रा लगायत विभिन्न जिल्लाका रेडक्रस पदाधिकारी तथा रेडक्रसकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका पदाधिकारी तथा रेडक्रसकर्मीहरूले कार्यशालामा सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा मस्यौदा विधान २०८२ सम्बन्धी विस्तृत छलफल, सुझाव आदान–प्रदान तथा नीति सुधारका विषयमा गहन परामर्श गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटीले यस्ता कार्यशालालाई संगठनको विधि, नीति तथा संरचनागत सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै स्थानीय तहका अनुभव र सुझावहरूलाई आगामी विधानमा समेट्ने प्रयास गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...