डिएभी आर . बी. केडिया स्कुलमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरुको भब्य स्वागत

Date:

पर्सा पोस्ट, पौष १० गते, बिरगंज ।
बिरगंजस्थित डिएभी आर.बी. केडिया स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको सम्मानमा बिहीबार एक विशेष तथा भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम डिएभी आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षतामा तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

स्वागत समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले डिएभी आर.बी. केडिया स्कुलमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट रूपमा निर्धारण गरी विद्यालय र अभिभावकको अपेक्षा पूरा हुने गरी लगनशीलताका साथ अध्ययन गर्न आग्रह गरे।

उनले वीरगञ्जका कलेजहरूमध्ये डिएभी आर.बी. केडिया स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित रहेको उल्लेख गर्दै, वीरगञ्जमै बसेर पनि विद्यार्थीहरूले उत्कृष्ट तथा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण रहेको बताए। साथै प्याब्सन महानगरले छात्रवृत्तिको व्यवस्था गरी विभिन्न कलेजहरूमा विद्यार्थी भर्ना गराउँदै आएको जानकारी दिँदै, एसईई उत्तीर्णपछि विद्यार्थीहरू अन्य शहर पलायन हुने अवस्थालाई आफ्नो कार्यकालमा केही हदसम्म रोक्ने प्रयास भइरहेको पनि स्पष्ट पारे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राकेश मिश्रले कक्षा ११ का सबै नवप्रवेशी विद्यार्थीहरूलाई टीका तथा खादा ओढाएर औपचारिक रूपमा स्वागत गरे। उनले डिएभी आर.बी. केडिया स्कुलमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा क्षेत्रमा कुनै पनि कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे।

स्वागत समारोहमा विभिन्न विषयका शिक्षक–शिक्षिकाहरू, विद्यालय प्रशासन प्रमुख तथा डिएभी आर.बी. केडिया स्कुलका सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...