रक्सौलमा ‘ फन फेयर -२०२५ ‘ भब्य रुपमा सम्पन्न , कला र संस्कृति मार्फत बालबालिकाको समग्र बिकासमा जोड

Date:

पर्सा पोस्ट, पुष १० गते, रक्सौल।
शहरको मुख्य मार्गस्थित हजारीमल हाई स्कूल परिसरमा शारदा कला केन्द्र र राइज एनजीओको आयोजना तथा सहकार्यमा बुधबार ‘फन फेयर–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन मुख्य अतिथि स्थानीय विधायक प्रमोद कुमार सिन्हा, विशिष्ट अतिथि एसडीएम मनीष कुमार, नगर कार्यपालिकाका पदाधिकारी मनीष आनंद, उपसभापति पुष्पा देवीलगायत अन्य गणमान्य व्यक्तिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रम गणेश वन्दनासँगै सुरु गरिएको थियो।
शारदा कला केन्द्र र ग्रो जीनियस प्ले स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेका रंगीन सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूको मन जितेका थिए। मेलामा विभिन्न खेलकुद सामग्रीसहित पावभाजी, मोमोज, पानीपुरी, स्न्याक्स तथा चियाका स्टलहरू आकर्षणको केन्द्र बनेका थिए।

मेलाको विशेष आकर्षणका रूपमा नि:शुल्क स्वास्थ्य जाँच स्टल सञ्चालन गरिएको थियो, जहाँ हर्बल चिकित्सा पद्धतिबाट स्वास्थ्य परीक्षण तथा चिकित्सीय परामर्श प्रदान गरिएको थियो।

बालबालिकाहरू झूला, क्ले आर्ट तथा विभिन्न सिर्जनात्मक गतिविधिहरूमा रमाएका देखिन्थे। साथै डान्स प्रतियोगिता र लकी ड्रो कार्यक्रममार्फत विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक प्रमोद कुमार सिन्हाले शारदा कला केन्द्रकी संचालिका शिखारंजनको प्रयासको खुलेर प्रशंसा गर्दै भारतीय कला र संस्कृतिमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा उनले पुर्‍याएको योगदान सराहनीय रहेको बताए।

कार्यक्रमको समापनमा संचालिका शिखारंजनले सम्पूर्ण अतिथि, स्पोन्सर तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी वर्ष फन फेयरलाई अझै भव्य र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमको सञ्चालन अमित उपाध्यायले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...