लायन्स क्लब अफ बिरगंज ग्रिन क्याम्पसद्वारा बिरगंज कपडा बैंकलाई कपडा सहयोग

Date:

पर्सा पोस्ट, पौष ०९ गते, वीरगन्ज ।
लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बस्नेतले वीरगन्ज कपडा बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा विशिष्ट अतिथि १st VDG रामबिहारी पाण्डेले कपडा बैंकका अध्यक्ष सिंहको निरन्तर सामाजिक सेवाभावको सम्मान गर्दै लायन्स ब्याच प्रदान गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सामुदायिक आँखा अस्पतालका सञ्चालक तथा नेत्ररोग विशेषज्ञ डा. महेश सिंह धामी, लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर अमर बहादुर श्रेष्ठ, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं, कोषाध्यक्ष चन्द बहादुर श्रेष्ठ, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ बासु तिमिल्सिना र रिकेश साह, डिष्ट्रिक्ट चिफ उमेश साह कानु र उमेश शर्मा, डिष्ट्रिक्ट चिफ श्याम गुप्ता, एरिया चिफ रामेश्वर प्रसाद गुप्ता, रिजन चेयरपर्सन सन्दीप गुप्ता, जोन चेयरपर्सन डा. लक्ष्मी थापा र रितिका जैसवाल, परिवार अध्यक्ष नरोत्तम पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बस्नेतले लायन्स क्लब, तिलगंगा आँखा अस्पताल र वीरगन्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहयोगमा बारा र पर्सा जिल्लाका विभिन्न ग्रामीण भेगका बासिन्दाहरूको जीवन उज्यालो बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको आँखा जाँच शिविरअन्तर्गत पाँच हजार मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिइएकोमा हालसम्म तीन हजारभन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै खुशी व्यक्त गरे। साथै, विगत केही वर्षदेखि कार्यालय स्थापना गरी नियमित रूपमा दीनदुःखी, असहाय, आगलागी तथा बाढीपीडितहरूको घरदैलोमै पुगेर निस्वार्थ सेवा गर्दै आएको वीरगन्ज कपडा बैंकको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि १st VDG रामबिहारी पाण्डेले “तपाईं सँग धेरै छ भने हामीलाई दिएर जानुहोस्, तपाईं सँग छैन वा आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात् गरी कोही पनि नाङ्गो नहोस् भन्ने उद्देश्यका साथ कपडा बैंकले गरिरहेको सेवाको मुक्तकण्ठले प्रशंसा गरे। उनले लायन्स क्लब देश–विदेशमा आपत–विपतमा परेका दीनदुःखी असहायहरूको निस्वार्थ सेवा गर्दै आएको र हाल पर्सा–बारा जिल्लाका पाँच हजार दलित तथा विपन्न समुदायका व्यक्तिहरूको आँखा शल्यक्रिया भइरहेको बताउँदै यस्ता मानवीय कार्यमा सबै संघ–संस्थाले हातेमालो गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विभिन्न समयमा सञ्चालन गर्दै आएका सेवामूलक कार्यहरू तथा पर्सा र बारा जिल्लामा आयोजना गरिएका आँखा शिविरमार्फत दीनदुःखी असहायहरूको सेवामा खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै कपडा बैंकको अभियानमा कपडा सहयोग गरी ऊर्जा थपिदिएकोमा लायन्स परिवारप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...