कालिङ्पो अन्तर्राष्ट्रिय तेक्वान्दोमा ३ स्वर्ण र १ कास्य जित्ने बिरगंजका खेलाडी सम्मानित

Date:

पर्सा पोस्ट, पौष ०९ गते, बिरगञ्ज ।
नेसनल प्याब्सन पर्सा–बिरगञ्जद्वारा आयोजित रिसेप नलेज एजुकेसन को एकदिने एस.इ.इ. ट्रेनिङ्ग–२०८२ कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई सम्मान गरिएको छ।
बिरगञ्जको नगर सभागृहमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका ७०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौंबाट आएका प्रशिक्षकद्वारा ध्यान, मोटिभेसन तथा व्यक्तित्व विकाससम्बन्धी विविध प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो।

उक्त अवसरमा भारतको कालिङ्पोमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने सनराइज तेक्वान्दो डोजाङ्ग, बिरगञ्ज–पर्सा का खेलाडीहरूलाई विशेष सम्मान गरिएको हो।

प्रतियोगितामा स्वयम् मान रन्जितकार, स्वस्तिक श्रेष्ठ र सिवान्स गुप्ता ले स्वर्ण पदक जित्न सफल भएका थिए भने डेबिड राई ले कास्य पदक प्राप्त गरेका थिए।

त्यसैगरी खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन योगदान पुर्‍याएको भन्दै तेक्वान्दो प्रशिक्षक चिफ राजेन्द्र साहीलाई समेत आयोजक समितिले सम्मान पत्रद्वारा सम्मान गरेको छ।

कार्यक्रममा आयोजकहरूले शिक्षासँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै आगामी दिनमा खेलाडीहरूले देश तथा नगर क्षेत्रको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्ने विश्वास व्यक्त गरेका थिए।

पर्सा जिल्लाबाट नेतृत्व गर्दै भारतको कालिङ्पोमा सम्पन्न प्रतियोगितामा ३ स्वर्ण र १ कास्य पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिरगञ्जको एक कार्यक्रमबीच सम्मान गरिएको आयोजकले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...