प्याब्सन टि- १० क्रिक्रेट : सातौं दिन पाचौं खेल सम्पन्न , गुरुकुल , एस. आर .ग्यालेक्सी , फुर्कान र साउथ जोन बिजयी

Date:

पर्सा पोस्ट, पुष ०८ गते, वीरगञ्ज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

सातौँ दिनको पहिलो खेल छात्रातर्फ गुरुकुल एकेडेमी र सनशाइन एकेडेमीबीच सम्पन्न भयो । प्रतिस्पर्धात्मक खेलमा गुरुकुल एकेडेमीले सनशाइन एकेडेमीलाई ८ रनले पराजित गर्दै जीत हात पार्‍यो । उक्त खेलमा अग्रदा झा प्लेयर अफ द म्याच घोषित भइन् ।

दोस्रो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र ज्ञान वाटिकाबीच भएको थियो । खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १३ रनको जीत दर्ता गर्‍यो । यस खेलकी प्लेयर अफ द म्याच रागिनी कुशवाहा घोषित भइन् ।

तेस्रो खेल जुनियर छात्रतर्फ डोल्फिन एकेडेमी र फुर्कान एकेडेमीबीच सम्पन्न भयो । खेलमा फुर्कान एकेडेमीले ६० रनको फराकिलो जित हासिल गर्‍यो । उक्त खेलका प्लेयर अफ द म्याच सेइख हबीबुल्लाह बने ।

चौथो खेल जुनियर छात्रतर्फ अल्पाइन हाई स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ३ विकेटले जित दर्ता गर्‍यो । यस खेलका प्लेयर अफ द म्याच रितिक कुशवाहा घोषित भए ।

सातौँ दिनको अन्तिम खेल छात्रातर्फ साउथ जोन सेकेन्डरी स्कुल र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ८१ रनको शानदार जित हात पार्‍यो । उक्त खेलकी प्लेयर अफ द म्याच सिवानी साह घोषित भइन् ।

आयोजकका अनुसार पुस ८ गते सम्पन्न सातौँ दिनका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । वीरगञ्जमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

त्यसै गरि भोलि बुधबार आठौं दिनको खेल बोयज तर्फ पहिलो खेल कालिकामाई स्कुल र सुर्यदया सेकेन्डरी , दोस्रो खेल गुर्ल्स तर्फ रोयल एकेडेमी र नवदिप एकेडेमी बीच , तेस्रो खेल ज्ञान वाटिका र मिनिल्यान्ड , चौथो खेल गर्लस तर्फ लिटिल फ्लावर र मुनलाईट स्कुल , पाचौं खेल बोयज तर्फ सेन्ट जेभियर्स र गोल्डेन फ्युचर बीच हुने आयोजकले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...