एनआई कप क्रिक्रेट : ज्ञानदा एकेडेमीको लगातार तेस्रो जित , बालएकता कलेज ७८ रनले पराजित

Date:

पर्सा पोस्ट , पौष ०७ गते , बिरगंज ।
वीरगञ्ज — पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कप (एनआइ कप) अन्तर्गत पाँचौँ दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ।

वीरगञ्जस्थित टिबी शाह (नारायणी) क्रिकेट मैदानमा सम्पन्न खेलमा ज्ञानदाले कलैयास्थित बालएकता कलेजलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यसअघि ज्ञानदाले आयोजक नेशनल इन्फोटेक कलेजलाई २६ रन र अल्पाइन हाई स्कुललाई ११७ रनले पराजित गर्दै उत्कृष्ट लय कायम राखेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित १७ ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको बलियो योगफल तयार गर्‍यो। ज्ञानदाका जय सर्राफले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ५६ रनको अर्धशतकीय पारी खेले। प्रियांश सर्राफले २९ रन जोडे भने कप्तान चन्दन रामले १७ रन बनाए। बलिङतर्फ बालएकता कलेजले अतिरिक्त रूपमा २१ रन दिएको थियो।

१७३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बालएकता कलेज १६.५ ओभरमा ९४ रनमा समेटिँदै अलआउट भयो। टोलीका करण साह तेलीले २१ रन र शिवकुमार कर्णले १६ रन बनाए पनि अन्य ब्याटरहरू टिक्न सकेनन्।

ज्ञानदाका बलरहरू प्रभावशाली देखिए। कप्तान चन्दन राम र प्रियांश सर्राफले समान ३–३ विकेट लिए भने मुना यादवले २ विकेट हात पारे। मोहम्मद सहिन र विवेक प्रजापतिले १–१ विकेट लिए। बालएकताका आरिफ आलमले २ विकेट लिन सफल भए।

एनआइ कप तराई–मधेस क्षेत्रकै सबैभन्दा लोकप्रिय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ। नेशनल इन्फोटेक कलेजद्वारा विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेजका टोली सहभागी छन्। प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर प्रदान गर्दै क्षेत्रीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...