प्याब्सन टि-१० कप क्रिक्रेट प्रतियोगिताको छैटौं दिन पाँच खेल सम्पन्न

Date:

पर्सा पोस्ट, पुस ०७ गते, वीरगञ्ज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० कप गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार छैटौँ दिन पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

छैटौँ दिनको पहिलो खेलतर्फ गर्ल्सतर्फ सनलाइट सेकेन्डरी स्कुल र माउन्ट एडमन्ड सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले १० विकेटको शानदार जित दर्ता गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) स्मृति बुलन घोषित भइन्।

त्यसैगरी बोयजतर्फको दोस्रो खेलमा ब्लु हेभन स्कुल र नेशनल ओपन मोडल स्कुल आमनेसामने भएका थिए। खेलमा ब्लु हेभन स्कुलले ४७ रनको फराकिलो जित हासिल गर्दै उत्कृष्ट प्रदर्शन गर्‍यो। यस खेलका म्यान अफ द म्याच सिद्धान्त पटेल बने।

तेस्रो खेल (गर्ल्स) मा मिनिल्यान्ड सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच भएको प्रतिस्पर्धामा मिनिल्यान्ड सेकेन्डरी स्कुलले १९ रनले जीत हात पार्‍यो। खेलकी उत्कृष्ट खेलाडी प्रिमा थारु घोषित भइन्।

त्यस्तै चौथो खेल (बोयज) मा गुरुकुल एकेडेमी र सूर्योदय सेकेन्डरी स्कुलबीच खेल सम्पन्न भयो। उक्त खेलमा सूर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित निकाल्न सफल भयो। म्यान अफ द म्याच सोहाइल देवान घोषित भए।

छैटौँ दिनको अन्तिम खेल गर्ल्सतर्फ आचार्य एकेडेमी र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच भएको थियो। उक्त खेलमा लिटल एन्जेल्स सेकेन्डरी स्कुलले ३३ रनको जित दर्ता गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी आदित्य कुमार साह घोषित भए।

वीरगञ्जमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...