स्व. नरेश सरार्फ स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार आँसु सरार्फलाई प्रदान

Date:

पर्सा पोस्ट , मंसिर १५ गते , बिरगंज । स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। तेस्रो स्मृति सभाको अवसरमा आयोजित समारोहमा सर्राफलाई सम्मानस्वरूप नगद रू २१ हजारसहित पुरस्कार प्रदान गरिएको हो।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित एक कार्यक्रम बीच सो पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले स्व. नरेश सर्राफको पत्रकारिता क्षेत्रप्रति रहेको योगदानलाई सम्झिँदै आजको पुस्ताका पत्रकारहरूलाई प्रेरणादायी व्यक्तित्वका रूपमा व्याख्या गरे। पत्रकार आशु सर्राफलाई प्रदान गरिएको यस वर्षको पुरस्कारले निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारितालाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ।

समारोहमा उपस्थित सरोकारवाला, पत्रकार तथा परिवारजनहरूले स्व. सर्राफको स्मृतिमा स्थापित पुरस्कारले पत्रकारिताको क्षेत्रमा सक्रिय रहन सबैलाई प्रोत्साहन मिल्दै आएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...