बिश्व एड्स दिवस -२०२५ : बिरगंजमा एचआईभी प्रभावितलाई कम्बल बितरण

Date:

पर्सा पोस्ट , मंसिर १५ गते , बिरगंज ।
विश्व एड्स दिवस २०२५ को अवसरमा नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाको अध्यक्षतामा तथा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा एचआईभी संक्रमित तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरू लक्षित गर्दै विशेष सामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिरगंजमा आज एक औपचारिक समारोहका बीच सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशी रहे । यस्तै विशेष अतिथि वडा नं. ४ का अध्यक्ष श्री जगत प्रसाद साह कानुको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै रोटेरियन शशि रञ्जन कलवार तथा रोटेरियन सौरभ बर्णवाल सम्मानित अतिथिका रूपमा कार्यक्रममा सहभागि भए।

नेपाल आराधना समाज तथा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसले संयुक्त रूपमा सञ्चालन गरेको यस सहयोग कार्यक्रम अन्तर्गत पहिचान गरिएका एचआईभी प्रभावित तथा विपन्न वर्गका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको हो। सूचिअनुसार छनोट गरिएका लाभग्राहीहरूलाई आगामी जाडो मौसमलाई लक्षित गर्दै राहत स्वरूप न्यानो सामग्री प्रदान गरिएको आयोजकहरूले बताए।

कार्यक्रमका अध्यक्ष बहिनी दीपाले यस्तो पहलले समाजमा एचआईभी संक्रमितहरूप्रति सहानुभूति, सहयोग र सकारात्मक दृष्टिकोण विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी सामाजिक अभियान निरन्तर सञ्चालन गरिने प्रतिवद्धता जनाइन्।

रोटरी क्लबका अध्यक्ष रोटेरियन संजय जोशीले समाजका सबै वर्गसम्म पहुँच पुग्ने गरी मानवता र सेवा भावनाका कार्यक्रमहरू अघि सारिएको बताउँदै आज प्रदान गरिएको सहयोग एचआईभी संक्रमित तथा आर्थिक अभावमा रहेका व्यक्तिहरूका लागि आगामी कठोर चिसो मौसममा राहतदायी बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथिहरूले समेत यस अभियानलाई अत्यन्तै सार्थक, प्रभावकारी र उदाहरणीय पहलका रूपमा प्रशंसा गरेका थिए।

विश्व एड्स दिवसको सन्देश “सचेतना, सहयोग र समानता” लाई आत्मसात् गर्दै सम्पन्न गरिएको यो सामाजिक कल्याण कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक वातावरण सृजना गरेको आयोजक पक्षले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...