लघुवित्तमा शोषण विरुद्ध बिरगंजमा बिरोध प्रदर्शन

Date:

पर्सा पोस्ट, मंसिर १४ गते, बिरगंज । लघुवित्त तथा विभिन्न वित्तीय संस्थाद्वारा लगाइने मनपरी ब्याजदर, अवैध असुली र शोषणकारी गतिविधिका विरुद्ध लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल पर्सा जिल्ला कार्य समितिले आइतबार बिरगंजमा विशाल विरोध प्रदर्शन सम्पन्न गरेको छ।

समितिका अध्यक्ष शिव प्रसाद साह तेलीको नेतृत्वमा गरिएको विरोध सभापछि प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक बिरगंज शाखाका प्रमुख सुशील पौडेललाई विस्तृत ज्ञापनपत्रसमेत बुझाएको छ।

ज्ञापनपत्रमा लामो समयदेखि चल्दै आएको दोहोरो–तेहोरो ब्याजदर, धम्की, किस्ताको नाममा गरिने मनोवैज्ञानिक तथा सामाजिक दबाब लगायतका समस्याहरू तत्काल रोक्ने माग गरिएको छ।

कार्यक्रममा पर्सा, बारा, रौतहट तथा आसपासका क्षेत्रबाट करिब चार सयजति पीडितहरू उपस्थित रहेको संघर्ष समितिले जनाएको छ।

विरोध कार्यक्रमका सहभागीहरूले लघुवित्तकर्मीहरू द्वारा गरिँदै आएको अनियमित घर–घर असुली, ठगी, ऋण चक्रब्याजको जालो तथा महिलाहरूमा परेको मानसिक दवाबबारे आ–आफ्नो पीडा सार्वजनिक रूपमा व्यक्त गरे।

ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्र बैंक शाखा प्रमुख पौडेलले उजुरीका आधारमा आवश्यक छानबिनसहित कानुनी प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

अध्यक्ष शिव प्रसाद साह तेलीले भने—
“लघुवित्तको उद्देश्य रोजगारी, आय–आर्जन र महिला सशक्तिकरण हो तर अहिले धेरैजसो संस्था शोषण र अत्याचारको प्रतीकजस्तै बनेका छन्। जबसम्म पीडितलाई न्याय र राहत मिल्दैन, हाम्रो संघर्ष जारी रहनेछ।”

कार्यक्रमको अन्त्यमा संघर्ष समितिले निकट भविष्यमा अझ कडा आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...