देशभर पशु-पन्छी औंषधि व्यवसायीहरु सडकमा – DDA को कानून संशोधनको माग

Date:

अजित कुमार भुजेल , बिरगंज , पर्सा ।
पर्सा पोस्ट , मंसिर १४ गते , काठमाडौं ।नेपाल पशु–पन्छी औषधि व्यवसायी संघले औषधि व्यवस्था विभाग (DDA) का कडा कानुनी प्रावधानविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेको छ। विभागले तोकिएको समयमा फर्म नवीकरण नगरे स्वतः प्रमाणपत्र रद्द हुने प्रावधान लागू गरेपछि व्यवसायीहरु आन्दोलित बनेका छन्।
📌 किन सुरु भयो आन्दोलन ?
औषधि ऐन २०३५ को दफा ११, उपदफा ५ अनुसार, नवीकरण म्यादभित्र नवीकरण नगरिए व्यवसायीक प्रमाणपत्र/लाइसेन्स स्वतः रद्द हुन्छ।
यसले अनुमति पत्र, उत्पादन, बिक्री–वितरण तथा आयात गर्ने व्यवसायीक अधिकार पूर्ण रूपमा खारेज हुने व्यवस्था गरेको छ।
ठीक यही कानुनी आधारलाई विवादित बताउँदै व्यवसायीहरूले समयमै नवीकरणमा ढिलाइ भए पनि अति कडा कारवाही गर्नु अन्यायपूर्ण भएको आरोप लगाएका छन्।
✊ आज १ घन्टा ‘सान्केतिक बन्द’
आज आइतबार संघले देशभर ११ बजेदेखि १२ बजेसम्म एक घन्टा पसल बन्द गरी ऐन संशोधनको मागसहित सान्केतिक विरोध कार्यक्रम सम्पन्न गरेको छ।
माग पूरा नभए तीन दिनसम्म चरनबद्ध आन्दोलन गर्ने उनीहरूको योजना छ।
नेपाल पशु–पन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेष रिमालका अनुसार —
“ऐनले म्याद सकिएसँगै व्यवसाय बन्द हुने अवस्था बनाएको छ, त्यसैले नवीकरण अवधि कम्तीमा १५ दिन थपिने स्पष्ट व्यवस्था गर्न आवश्यक छ। हामीले यसबारे ध्यानाकर्षण पत्र सम्बन्धित निकायलाई बुझाइसकेका छौँ तर सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएका छौँ।”
रिमालका अनुसार, नवीकरण समयावधि नपुगेका, तर सेवा नियमित रूपमा दिंदै आएका व्यवसायीहरू सीधै ‘गैरकानुनी’ ठहरिने जोखिममा छन्, जसले देशभर हजारौं भेटनरी फार्मेसी प्रभावित हुने खतरा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...