पानी फ्याक्ट्री नजिक ५० बर्षिय पुरुषको बीभत्स हत्या – दुई अभियुक्त १६ घन्टा भित्र पक्राउ

Date:

पर्सा पोस्ट , मंसिर १४ गते , बिरगंज।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–६, भलुही चोक नजिक रहेको KIRAN BEVERAGE NEPAL PVT. LTD. (पानी फ्याक्ट्री) भन्दा करिब २५ मिटर उत्तरतर्फको खाल्डोमा मंसिर ११ गते बेलुका करिब २०:२५ बजे ५० वर्षीय पुरुषको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ।

हत्या गरिएका व्यक्ति जिल्ला सर्लाही, धनकौल-२ निवासी राम किशोर सिंह रहेको खुल्न आएको छ। उनी सोही फ्याक्ट्रीमा म्यानेजरको रूपमा कार्यरत थिए।

🔴 हत्या यस्तो थियो :
प्रहरीका अनुसार फ्याक्ट्रीमै कार्यरत राजन कुमार राम (२१ वर्ष, वीरगंज-२२ मनियारी) र उनको साथी प्रमोद साह तुरहा (३२ वर्ष) ले धारिलो हतियार छुरा र इट्टाको प्रहार गरी राम किशोर सिंहको हत्या गरेका हुन्।
गत वर्ष गढीमाई मेलाका दौरान गाडीको क्लज प्लेट जलाएको विषयमा मृतक र राजन बीच विवाद हुँदै आएको र पछिल्लो समय फ्याक्ट्रीले तोकेको मूल्य ११० रूपैयाँ प्रतिवोटल पानी चालक राजनले ११५/१२० मा बेच्दै आएको कुरा फेला परेपछि उनको नोकरीै खोसिएको थिए।
मंसिर १० गते मृतकले राजनलाई हिसाब–किताब गरी कामबाट हटाएपछि रिसइवीका कारण दुबैजनाले योजना बनाई जाँड–रक्सी सेवनपछि सिंहको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ।

🔍 १६ घण्टामै गिरफ्तारी:
मंसिर १२ गते बिहान ७:५७ बजे प्रहरीले घटनाबारे सूचना पाएपछि खोजतलास तीव्र बनाएको थियो।
जिल्ला प्रहरी कार्यालय बारा र पर्साको संयुक्त समन्वयमा १६ घण्टाभित्रै दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
• राजन कुमार राम भारततर्फ भाग्ने क्रममा पर्सा, छिपहरमाई–५ भिस्वा नाका नजिकैबाट पक्राउ
• प्रमोद साह तुरहा वीरगंज-२२ मा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा
दुवै विरुद्ध कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बरामद वस्तु
बरामद सामग्रीपरिमाणरगत लागेको फलामको छुरा१ थानरगत लागेको इट्टा१ थान
अत्यन्त योजनाबद्ध ढंगले भएको यो हत्या घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
प्रहरीले घटनासम्बन्धी थप तथ्य प्रमाण संकलन कार्य अगाडि बढाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...