मितेरी पुलमा सन्युक्त सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न , नेपाल – भारत मैत्री सम्बन्ध अझ सुदृढ

Date:

पर्सा पोस्ट, मंसिर १४ गते, बिरगंज।
बिरगंज–रक्सौल जोड्ने ऐतिहासिक मितेरीपुल क्षेत्र आज एक भव्य संयुक्त सरसफाइ तथा वृक्षारोपण कार्यक्रममार्फत झनै आकर्षक र हरियो वातावरणमय बनेको छ। नेपाल–भारतबीचको आपसी मित्रता, सद्भाव र समन्वयको प्रतीकका रूपमा चिनिने यस पुल क्षेत्रमा दैनिक ३५–४० हजार मानिसहरूको अवागमन हुने गर्छ, जहाँ पहिलो पटक यसरी विभिन्न सुरक्षा निकाय तथा संस्थाको सक्रिय सहभागितामा सफाइ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रम बिरगंज महानगरपालिकाको पहल एवं सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा भारतीय सुरक्षा बल (SSB) ४७ बटालियनको उल्लेखनीय सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए भने सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी पुरुषोत्तम भण्डारीको विशेष उपस्थितिमा कार्यक्रम औपचारिक रुपमा सम्पन्न भयो।

यस अवसरमा SSB ४७ बटालियनका कमाण्डिङ अफिसर (CO) संजय रावत, डिपुटी कमाण्डेन्ट दीपक कृष्णा (DY), डिपुटी कमाण्डेन्ट नवीन कुमार (DY) लगायतका भारतीय सुरक्षा अधिकारी तथा विभिन्न सरकारी–गैरसरकारी प्रतिनिधिहरूको सक्रिय उपस्थिति तथा सहयोग उल्लेखनीय रह्यो।

कार्यक्रममा नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, महानगरका कर्मचारी, सरसफाइ स्वयंसेवक तथा सञ्चारकर्मीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। सरसफाइ अभियानपछि वृक्षारोपणमार्फत सीमाक्षेत्रलाई हराभरा बनाउने तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य अघि सारिएको हो।

सहभागी निकायका प्रतिनिधिहरूले सीमाक्षेत्रलाई सफा, सुरक्षित र हराभरा राख्न आगामी दिनमा पनि निरन्तर यस्ता अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...