नेपालगन्जमा एन्टि-माईक्रोबियल रेसिस्टेन्स ( AMR) रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज , पर्सा ।
पर्सा पोस्ट , मंसिर १३ गते , बाँके | एण्टी–माइक्रोबियल रेसिस्टेन्स (AMR) अर्थात् प्रतिजैविक प्रतिरोध विश्व स्वास्थ्य क्षेत्रको बढ्दो चुनौतीका रूपमा पहिचान भइरहेका बेला नेपालगञ्जमा पनि यसको रोकथाम तथा सचेतना अभिवृद्धिका लागि कार्यक्रम सम्पन्न भएको छ।

विश्व स्वास्थ्य संगठनले AMR लाई साइलेन्ट प्याण्डेमिक (मौन महामारी) घोषणा गरिसकेको छ। हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व AMR सचेतना सप्ताह मनाइने गरिन्छ, र यस वर्ष पनि विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
त्यसै अभियानको सन्दर्भमा आज नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो। कार्यक्रममा AMR को जोखिम, प्रभाव र रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले प्रस्तुतिकरण गर्दै AMR ले स्वास्थ्य, कृषी तथा वातावरणमा पार्ने असरबारे जानकारी दिँदै दीर्घकालीन रूपमा जनचेतना र सावधानी आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्री, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव बसन्त गौतम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. गणेश बहादुर पुन, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र केएल दुगड ग्रुपका सिइओ प्रदीप छाछेड लगायतले AMR नियन्त्रणका लागि सबै निकाय एकैसाथ गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

खाद्य निरीक्षक रामहरि लामिछानेले कार्यक्रम सहजीकरण गरेका थिए।
✦ किन बढ्दैछ AMR?
• मानव स्वास्थ्य क्षेत्रमा एन्टिबायोटिकको अत्यधिक उपयोग
• कृषी तथा पशुपालन क्षेत्रमा औषधिको अनियन्त्रित प्रयोग
• संक्रमण रोकथाम प्रणाली कमजोर हुनु
• वातावरणीय प्रदूषण
विशेषज्ञहरूका अनुसार यसै कारणले विश्वभर प्रतिरोधी संक्रमण तीव्रगतिमा फैलँदै गएको छ।
⚠ तथ्य–अंक
• प्रत्येक वर्ष करिब ७ लाख मृत्यु AMR का कारण हुने
• कारबाही नलिए सन् २०५० सम्म मृत्यु दर १ करोड प्रतिवर्ष पुग्ने अनुमान
• सन् २०१९ मा १३.७ मिलियन संक्रमण सम्बन्धी मृत्युमध्ये १.२७ मिलियन AMR सम्बन्धित
AMR रोकथामका लागि एन्टिबायोटिकको जिम्मेवार प्रयोग, स्वच्छता, संक्रमण नियन्त्रण, पशु–कृषिमा औषधिको विवेकपूर्ण प्रयोग र संक्रमण फैलावट रोक्ने अभ्यास अत्यन्तै आवश्यक रहेको सरोकारवालाहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...