पर्सामा शिक्षा पत्रकार समूह गठन

Date:

पर्सा पोस्ट, मंसिर १३ गते, बिरगंज । पर्सामा शिक्षा पत्रकार समूह औपचारिक रूपमा गठन भएको छ। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा शनिबार आयोजित विशेष कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले समूहको घोषणा गरेका हुन्।

घोषित संरचना अनुसार समूहको अध्यक्षमा प्रमोद यादव चयन भएका छन् भने उपाध्यक्षमा राजेन्द्र सिंह राजपुत नियुक्त भएका छन्। त्यस्तै सचिवमा माधुरी महतो, सहसचिवमा बलिराम यादव, कोषाध्यक्षमा राजकुमारी गुप्ता रहेका छन्।

समूहमा आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर र एन्जल चौधरी सदस्यका रूपमा चयन भएका छन्। साथै सल्लाहकार समितिमा मनोज मिश्र, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो मनोनित गरिएको कार्यक्रमबाट जानकारी गराइएको छ।

शिक्षा क्षेत्रमा सक्रिय पत्रकारहरूको सामूहिक पहिचान, क्षमता विस्तार तथा शैक्षिक समाचार सूचनाको प्रभावकारी प्रवाह उद्देश्य राखी समूहको औपचारिक घोषणा गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...