पर्सा पोस्ट, मंसिर १२, बिरगंज । लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब तथा लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको चौथो चरण आज बिरगंजस्थित ब्राइट +2 कलेजमा सम्पन्न भएको छ।
१० वटा कलेजबीचको छनोट श्रृंखलाअन्तर्गत आजको प्रतिस्पर्धामा ४ महिला र ४ पुरुष विद्यार्थीहरूले “डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गका लागि प्रेरणा कि मानसिक तनाव?” भन्ने विषयमा प्रभावपूर्ण तर्क प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए।
प्रतिस्पर्धाबाट कक्षा ११ की छात्रा इरसाद देवान महिला तर्फ र कक्षा ११ का छात्र शिवानी शर्मा पुरुष तर्फबाट विजेता घोषित भएका छन्। दुवै जनालाई फाइनल राउन्डका लागि छनोट गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेलले गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि 1st Vice District Governor लायन राम बिहारी पाण्डे, विशिष्ट अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, District Executive Chief लायन बासु तिमल्सिना, District Chief लायन श्याम गुप्ता, Region Chairperson तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, कलेजका डाइरेक्टर मनोज गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।
आयोजकहरूका अनुसार प्रतियोगिताको आगामी चरण चाँडै अन्य कलेजहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै फाइनल राउन्डका लागि प्रवेश गर्ने प्रतिभाहरूको छनोट प्रक्रिया निरन्तर रहने छ।