ईन्टर कलेज वाद- विवाद प्रतियोगिताको चौथो चरण सम्पन्न , इरसाद देवान र शिवानी शर्मा फाईनलमा प्रवेश

Date:

पर्सा पोस्ट, मंसिर १२ गते, बिरगंज ।
लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको चौथो चरण आज ब्राइट +2 कलेज, बिरगंजमा सम्पन्न भएको छ।

१० वटा कलेज बीचको छनोट श्रृंखला अन्तर्गत आयोजित आजकाे प्रतिस्पर्धामा ४ महिला र ४ पुरुष विद्यार्थीहरूले “डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गका लागि प्रेरणा कि मानसिक तनाव?” विषयमा प्रभावपूर्ण तर्क प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए। तीमध्येबाट कक्षा ११ की छात्रा इरसाद देवान तथा कक्षा ११ का छात्र शिवानी शर्मा विजयी घोषित हुँदै क्रमशः महिला र पुरुष समूहतर्फबाट फाइनल राउन्डका लागि चयन भएका छन्।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेलले गर्नुभएको थियो।

सो अवसरमा प्रमुख अतिथि 1st Vice District Governor लायन राम बिहारी पाण्डे, विशिष्ट अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, District Executive Chief लायन बासु तिमल्सिना, District Chief लायन श्याम गुप्ता, Region Chairperson तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु, लायन्स परिवारका विभिन्न क्लब अध्यक्ष–पदाधिकारीहरूको साथै कलेज डाइरेक्टर मनोज गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताको आगामी चरण क्रमशः अन्य कलेजहरूमा निरन्तर जारी रहने छ र फाइनल राउन्डका लागि उत्कृष्ट प्रतिभा चयन प्रक्रिया निरन्तर सञ्चालन हुँदै जाने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...