बिरगंज नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीद्वारा सम्मानित

Date:

पर्सा पोस्ट , मंसिर ११ गते , बिरगंज । बिरगंजमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित भएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरेका हुन्।

आठ वटा जिल्ला रहेकोे मधेस प्रदेशमा ठूलो उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित भएको नेशनल मेडिकल कलेज वीरगञ्जका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिए ।

उनका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई लगातार दोस्रो पटक सम्मान प्रदान गरिएको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत कलेज सम्मानित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...