औंषधि व्यवस्था कार्यालय बिरगंजको सेटिङ्ग , हेटौंडामा ठूला व्यवसायीसङको सेटिङ्गमा साना व्यवसायीलाई मात्र कार्वाही गरिएको आरोप

Date:

पर्सा पोस्ट , मंसिर १० गते , बिरगंज । औषधि व्यवस्था कार्यालय बिरगंजबाट मंसिर ९ गते (मंगलवार) मुकेश कुमार राउतको नेतृत्वमा हेटौडातर्फ गएको अनुगमन टोलीमाथि पक्षपातपूर्ण गतिविधि गरेको आरोप सङ्गठित रूपमा उठ्न थालेको छ। स्थानीय प्रशासनलाई औपचारिक जानकारी नदिई गरिएको उक्त अनुगमनमा टोलीले ठूला औषधि व्यवसायीहरूसँग ‘सेटिङ्ग’ मिलाएर साना तथा ग्रामीण बजारमा सेवा दिइरहेका CMA (Community Medicine Assistant) हरुले सञ्चालन गरेको औषधि पसललाई मात्र लक्षित गरी सिलबन्दी गरेको स्थानीय स्रोतहरू बताउँछन्।

अनुगमन टोलीले बजार क्षेत्रभन्दा टाढा रहेका स्थानहरूमा पुगेर राज्यको निकायमा दर्ता हुँदा–हुँदै पनि CMAहरूको नाममा सञ्चालित औषधि पसललाई ‘दर्ता छैन’ भन्दै बन्द गरिदिएको स्थानीय व्यवसायीहरूको आरोप छ। देशभरको करिब ४०–४५% औषधि व्यापार CMA–आधारित रहेको तथ्यांकलाई उपेक्षा गर्दै, ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याइरहेका साना व्यवसायीहरूलाई नियतवश लक्षित गरिएको गुनासो बढ्दै गएको छ।

यता, हेटौडा क्षेत्रमा अरूको लाइसेन्स झुन्ड्याएर सञ्चालन हुने, प्रतिबन्धित औषधि बिक्री गर्ने, चिकित्सकको प्रिस्क्रिप्सन बिना औषधि वितरण गर्ने लगायतका गतिविधि भएका ठूला औषधि पसलहरू खुलेआम चलिरहेको स्थानीयहरू बताउँछन्। तर, तीमध्ये कसैमाथि कारबाही नभएको प्रश्न पनि उठेको छ।

थप दाबी अनुसार, ठूला व्यापारीसँगको मिलेमतोले अनुगमनको दायरा साना CMA पसलमै सीमित भएको देखिएको छ।
स्थानीय व्यवसायीहरूले प्रश्न उठाएका छन्—
“हेटौडामा अरूको नामबाट पसल चलाउने, प्रतिबन्धित औषधि बेच्ने, प्रिस्क्रिप्सन रेकर्ड न राख्ने ठूला औषधि पसलहरू किन अनुगमन र कारबाहीको दायरामा आउँदैनन् ?”
उनीहरू भन्छन्— यदि वास्तवमै औषधि बजार सुधार्ने उद्देश्य हो भने
➡ साना भन्दा पहिला ठूला अनियमित व्यापारीमाथि पनि समान रूपमा कारबाही हुनुपर्छ,
➡ सबैतिर निष्पक्ष अनुगमन गर्नुपर्छ,
➡ गलत गर्ने जो–कसैलाई कानूनको दायरामा ल्याउनुपर्छ।
स्थानीयहरू भन्छन्–
“ठूला व्यवसायीलाई छुट, सानालाई कुट। यस्तो दोहोरो व्यवहार बन्द होस्, न्यायपूर्ण अनुगमन सुरू होस्।”
यता, अनुगमन टोलीका प्रमुख मुकेश कुमार राउतले भने यसबारे आधिकारिक प्रतिक्रिया अहिले सम्म सार्वजनिक गरेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...