पर्सा पोस्ट , मंसिर १० गते , बिरगंज |
विशेष अनुसन्धान रिपोर्ट:
नेवारी ब्रान्डका नाममा भारतबाट भन्सार भुक्तानी गर्दै भित्रिएको २० किलो चामलको बोरा उपभोक्ताको भान्सासम्म पुग्दा हरेक पटक नयाँ रहस्य खुल्दै गएको छ। टिकटक बिज्ञापन तथा सामाजिक सञ्जालमा आकर्षक विज्ञापन—”तामाको जग र थर्मस फ्री” भन्दै प्रचार गरिए पनि बास्तविक बोरा खोल्दा स्टिलको सानो गिलास र कचौरा मात्रै फेला परिरहेको उजुरी उपभोक्ताबाट तीव्र रूपमा बढेको छ।
★ पर्दामुनिको खेल — तामा भित्र्याउने, स्टिल निकालेर राख्ने
स्रोतका अनुसार चामल आयात कर्ता सगरमाथा एग्रो ट्रेडिङसँग नजिक भएका व्यक्तिहरू स्वयंले खुलासा गरेको दाबी गर्छन् कि—
✔ भारतबाट चामलसँगै तामाका जग र थर्मस पनि बोरा भित्रै घुसाइन्छ
✔ भन्सारमा चामलको मात्र राजश्व तिर्ने, जग/थर्मस भने कर छलि गर्दै भित्र्याउने
✔ नेपाल भित्र आएपछि गोदाममा तामाको सामान निकाल्ने र सस्तो स्टिलका जग , गिलास , कचौरा ठेलेर पुनः सिल गर्ने
✔ उपभोक्ता आकर्षणका लागि विज्ञापनमा महँगो तामाको जग , तर घरमा पुग्दा सस्तो स्टिलको टुक्रा
यो पुरै प्रक्रिया उपभोक्ता ठगी मात्र होइन, राज्य राजस्व माथि ठुलो प्रहार समेत हो।
★ “भन्सार–राजश्व–अनुसन्धान सबै सेटिङ?” — ठूलो प्रश्नचिन्ह
सूत्रहरूका अनुसार, तामाको जग र प्रिमियम थर्मस अलगै बजारमा बेचिन्छ, त्यो पनि भन्सार राजस्व नतिरी।
यसले निम्न गम्भीर प्रश्न जन्माउँछ–
❓ सरकारले तिरेको कर खोसेर पैसा कमाउने यस्ता गिरोहलाई कस्ले रोक्ने?
❓ उपभोक्तालाई झुक्याउने यस्तो विज्ञापनमाथि कसको कारबाही?
❓ राजस्व अनुसन्धान, भन्सार कार्यालय र प्रहरी किन मौन?
यदि यी सबै निकायसँग “सेटिङ” छ भने, उपभोक्ता र राष्ट्र दुवै को लागी यो खुला लुट भन्दा बढि के हो?
उपभोक्ता अधिकार संगठनको माग
• भन्सार नीतिको अद्यावधिक
• विज्ञापन नियमन कडा बनाउने
• उत्पादन भित्री निरीक्षण अनिवार्य गर्ने
• कानुनी कारबाही र जरिवाना कड़ाई
उपभोक्ताहरूले पनि चेतावनी दिएका छन् — “अब यस्ता ब्रान्ड किनेर आफै मार नखाउ, प्रमाण सहित उजुरी गरौँ”।
निष्कर्ष — अब यस काण्डको छानबिन जरुरी
नेवारी ब्रान्ड चामलमा भेटिएको प्याकेजिङ धोका, वस्तु परिवर्तन, भन्सार राजस्व छलि र उपभोक्ता ठगी अब दबाएर राख्न मिल्ने विषय रहेन।
मामिला केवल एक बोरा चामलको होइन, राज्यको स्वाभिमान र उपभोक्ताको विश्वासको हो।
अब प्रश्न धेरै स्पष्ट छ — यस काण्डमाथि कारबाही गर्ने साहस कुन सरकारी निकायले देखाउने?
नेवारी ब्रान्डको २० किलो चामलमा उपभोक्ता ठगीको छाप – बिज्ञापनमा तामा , बोरा भित्र स्टिलको जग , कचौरा र गिलास
Date: