पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ ।

संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । यस्तै, ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’

कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताउनुभयो ।

अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी, कलाकार चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहनुभएको थियो ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिएको थियो । प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको सञ्चालन रघुनाथ सापकोटाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...