राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगर सभापतिमा चन्दन यादव निर्बिरोध चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिकाको सभापतिमा चन्दन यादव  निर्बिरोध चयन भएका छन ।

शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको  बहुदरमाइ नगर भेलाले यादबलाई  नगर सभापति चुनेको हो ।

डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा  आयोजित  रास्वपाको भेलाले चन्दन यादबको नेतृत्वमा ११ सदस्यीय कमिटी पनि निर्बिरोध चयन गरेको  छ ।

कमिटीको उपसभापतिमा ओमप्रकाश कुमार यादब , सचिबमा चन्दन प्रसाद शाह ,कोषाध्यक्षमा रामपती देबि र सदस्यहरुमा नागेन्द्र प्रसाद शाह ,अशोक कुश्वाह ,ललन सहनी ,अरमानन्द प्रसाद शाह ,सरोज देबि सहनी ,अनिल कुमार शाह र धनमती देबि छन ।

भेलालाई सम्बोधन गर्नु हुदै राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तले नेपालको राजनीतिमा आउन अब युवाहरुलाइ कसैले रोक्न नसक्ने बताए ।

उनले ३५/४० बर्षका धेरै युवाहरुले  सफलता पुर्बक देश हाकिसकेको उदाहरणहरु बिश्वमा प्रशस्तै भैसकेकोले अब युबाहरुनै नेपालको भबिस्य भएको बताए ।

भेलाका प्रमुख अतिथी केन्द्रिय सदस्य डा. नन्दन यादबले अहिले बन्दै गरेको सरकारको गठ्बन्धन  अप्रकृतिक गठबन्धन रहेको बताए । उनले उतरी ध्रुब र दक्षिणी ध्रुब मिल्न असम्भव रहेकोले यो बन्ने सरकार पनि  लामो दौडको घोडा नभएको बताए ।

रास्वपा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले  स्वागत गरेका थिए भने पुर्ब जिल्ला संयोजक दिलिप कुर्मी , प्रदेश सदस्य पुरुषाेतम उपाध्याय , शिक्षा उपप्रमुख सोनालाल पटेल , क्षेत्रीय सभापति फैयाज मिया , वडा सभापति पुर्ण सापकोटा , डा. चन्द्र भूषण पाठक लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

भेलालाई संगठन बिभाग उपप्रमुख  प्रमोद रायमाझीले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...