वीरगञ्जमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम ञ्चालनमा , विभिन्न क्षमताका ट्र्याक्टर तथा हार्भेस्टर उपलब्ध

Date:

पर्सा पोस्ट , असोज ०१ गते , वीरगञ्ज ।

विश्वकर्मा पूजाको अवसर पारेर वीरगञ्जमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ। वीरगञ्ज महानगरपालिका–१४ स्थित बहुवरी बाइपास रोडमा स्थापना गरिएको सोरुमको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

सोलिस ट्र्याक्टरको आधिकारिक बिक्रेता मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वीरगञ्ज तथा आसपासका किसानलाई लक्षित गरी नयाँ सोरुम सञ्चालनमा ल्याएको जनाएको छ। सोरुम सञ्चालनसँगै किसानले विभिन्न क्षमताका आधुनिक ट्र्याक्टर तथा कृषि उपकरण सहज रूपमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।

कार्यवाहक वडा अध्यक्ष कुर्मीले गरे उद्घाटन

सोरुमको उद्घाटन वीरगञ्ज महानगरपालिका–१४ का कार्यवाहक अध्यक्ष देवप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका चिफ बिजनेस अफिसर उमेश आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा कम्पनीका ट्र्याक्टर सेल्स हेड सन्तोष आचार्य, ललित खण्डेलवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सुरज यादवले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र यान्त्रीकरणको आवश्यकता बढ्दै गएको अवस्थामा किसानलाई गुणस्तरीय कृषि उपकरण उपलब्ध गराउन नयाँ सोरुमले सहयोग पुग्ने बताएका थिए।

४७ देखि ७० एचपीसम्मका ट्र्याक्टर उपलब्ध

बहुवरी बाइपास रोडमा रहेको सोरुमबाट सोलिस ब्रान्डका विभिन्न क्षमताका ट्र्याक्टर तथा हार्भेस्टर बिक्री–वितरण सुरु गरिएको मधेस प्रदेशका रिजनल म्यानेजर विशाल गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार सोरुममा सोलिसका ४७, ५२, ५७, ६०, ६२ र ७० एचपी क्षमताका ट्र्याक्टर उपलब्ध छन्। किसानको आवश्यकता, खेतीको प्रकृति र कृषि कार्यअनुसार विभिन्न क्षमताका ट्र्याक्टर छनोट गर्न सकिने उहाँले बताउनुभयो।

त्यसैगरी, हार्भेस्टरतर्फ ८५ र १०१ मोडेलका मेसिनसमेत बिक्री–वितरणका लागि राखिएको गौतमले जानकारी दिनुभयो। यसबाट धान तथा अन्य कृषि उत्पादनको कटाइ र कृषि कार्यमा प्रयोग हुने यान्त्रिक उपकरणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

१६ लाखदेखि २३ लाख रुपैयाँसम्मका ट्र्याक्टरमा फाइनान्स सुविधा

सोलिस ट्र्याक्टर खरिद गर्न चाहने ग्राहकका लागि वित्तीय सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। रिजनल म्यानेजर गौतमका अनुसार १६ लाखदेखि २३ लाख रुपैयाँसम्म पर्ने ट्र्याक्टरहरू मुक्तिनाथ विकास बैंकमार्फत फाइनान्सको सुविधामा खरिद गर्न सकिनेछ।

किसान तथा ग्राहकको आर्थिक क्षमताअनुसार ट्र्याक्टर खरिदलाई सहज बनाउन बैंकिङ वित्तीय सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो। फाइनान्सका विस्तृत सर्त, ब्याजदर र स्वीकृति प्रक्रिया भने सम्बन्धित बैंक तथा कम्पनीसँगको समन्वयमा निर्धारण हुने जनाइएको छ।

कृषि यान्त्रीकरणमा सहयोग पुग्ने अपेक्षा

कृषिमा यान्त्रीकरण बढाउँदै किसानको श्रम, समय र उत्पादन लागत घटाउन आधुनिक कृषि उपकरणको प्रयोग महत्वपूर्ण मानिन्छ। खेतीका विभिन्न चरणमा ट्र्याक्टर तथा हार्भेस्टरको प्रयोगले कृषि कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउन सक्छ।

वीरगञ्ज तथा आसपासका ग्रामीण क्षेत्रका किसानलाई लक्षित गरी सञ्चालनमा ल्याइएको नयाँ सोरुमले कृषि उपकरणको बिक्री–वितरणसँगै किसानलाई आवश्यक जानकारी तथा उपकरण छनोटमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सेवा विस्तार गरिएको र किसानको आवश्यकता तथा खेतीको प्रकृतिअनुसार विभिन्न क्षमताका ट्र्याक्टर तथा कृषि उपकरण उपलब्ध गराइने रिजनल म्यानेजर गौतमले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

उपभोक्ता हित संरक्षणमा योगदान पुर्‍याउने देशभरका ११ अधिकारकर्मी सम्मानित

र्सा पोस्ट , असोज ०४ गते , पोखरा । उपभोक्ता...

उपभोक्ता अधिकार कार्यान्वयनका लागि १७ बुँदे पोखरा घोषणापत्र जारी

पर्सा पोस्ट, असोज ०३ गते, पोखरा । ‘उपभोक्ता हित संरक्षणमा...