प्याब्सन टि -२० क्रिक्रेट प्रतियोगिताको पाचौं दिन भएको खेलमा न्यु वेभ माबी र गोल्डेन फ्युचर माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको पाचौं दिन बुधबार पहिलो खेल न्यु वेभ माबी र बि.पि.एस. माबी बीच भएको थियो ।

न्यु वेभ माबिले बि.पि.एस. माबीलाइ ९ बिकेटको अन्तरले बिजयी भएको हो।

बि.पि.एस. माबीले पहिलो ब्याडिङ्ग रोज्दै १० ओभरमा ३ बिकेटको क्षतिमा ६२ रन बनाएका थिए । जबाफी ब्याडिङ्ग गर्दै न्यु वेभ माबिले ७.५ ओभरमा १ बिकेटको क्षतिमा ६३ रन बनाई ९ बिकेटले बिजयी भएका थिए । सो खेलमा बिपिसी माबिका रोहिल साह म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि सोही दिनको दोस्रो खेल बिकन  माबी र गोल्डेन फ्युचर माबी बीच भएको क्रिक्रेट खेलमा गोल्डेन फ्युचर माबीले ४ बिकेटले बिजयी भएको छ ।

पहिलो ब्याटिङ बिकन माबीले २० ओभरमा ५ बिकेटको क्षतिमा ११८ रन बनाएको थियो भने दोस्रो ब्याटिङ गर्दै गोल्डेन फ्युचर माबिले १८.५ ओभरमा ६ बिकेट गुमाई ११९ रन बनाई ४ बिकेटले बिजयी भएका थिए ।

सो खेलको म्यान अफ द म्याच गोल्डेन फ्युचर माबिका दामोदर प्रसाद थारु घोषित भएको प्रतियोगिता सन्योजक अमित आलोकले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...