अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको चौथो दिन मंगलवार पहिलो खेल मेरि गोल्ड माबी र विद्यासागर माबी बीच भएको थियो।
विद्यासागर माबीले पहिलो ब्याडिङ्ग गर्दै १२ ओभरमा ३ बिकेटको क्षतिमा १०९ रन बनाएका थिए भने जबाफी ब्याडिङ्ग गर्दै मेरि गोल्ड माबिले १० ओभरमा पुरै बिकेट गुमाई ६९ रन बनाएका थिए।
विद्यासागर माबीले मेरि गोल्ड माबिलाइ ४० रनले पराजित गरेका थिए । सो खेलमा विद्यासागर माबिका जुनेद आलम म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यसै गरि सोही दिनको दोस्रो खेल सनलाईट माबी र सिद्धार्थ नेसनल माबी बीच भएको क्रिक्रेट खेलमा सनलाईट माबी ९१ रनले बिजयी भएको छ ।
पहिलो ब्याटिङ सनलाईट माबीले २० ओभरमा ६ बिकेटको क्षतिमा १६१ रन बनाएको थियो भने दोस्रो ब्याटिङ गर्दै सिद्धार्थ नेशनल माबिले १४.१ओभरमा पुरै बिकेट गुमाई ७० रन बनाएका थिए ।
सो खेलको म्यान अफ द म्याच सनलाईट माबिका बिनायक चौरसिया घोषित भएको प्रतियोगिता सन्योजक अमित आलोकले जानकारी दिनुभयो।