नारायणी अस्पतालसंगैको दक्षिण तर्फको सडकलाई “लायन्स मार्ग”नामाकरणको मेयर सिंहद्वारा उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज। नारायणी अस्पतालसँगैको दक्षिण तर्फको सडकलाई “लायन्स मार्ग” नामाकरण गरेको छ ।

आइतबार लायन्स क्लब अफ वीरगजको स्वर्ण जयन्तीको अवसरमा बिरगंज महानगरपालिकाका मेयर  राजेशमान सिंहले नारायणी अस्पतालसँगैको दक्षिण तर्फको सडकलाई “लायन्स मार्ग” नामाकरणको उद्घाटन गर्नुभएको थियो  ।

लायन्स क्लब अफ वीरगजको स्वर्ण जयन्तिको अवसरमा क्लबले विभिन्न किसिमका कार्यक्रमहरु गर्ने योजना गरेको छ। क्लबले ५० औ वर्षदेखि नेपालको सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै मेयर सिंहले शुभकामनाका साथै क्लबका आगामी योजनाहरुमा महानगरले हातेमालो गर्ने वाचा समेत गर्नुभयो ।

लायन अशोक कुमार बैद्यको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ वीरगजका अध्यक्ष लायन पप्पु कुमार श्रीवास्तवको  अध्यक्षतामा  तथा बिरगंज  महानगरका मेयर राजेशमान  सिंहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर डिएन अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व गर्भनर डा. आरपी खेतान, क्याबिनेट सचिव बासु तिमिल्सिना, एरिया चिफ उमेश शर्मा लगायत अन्य लायन्स तथा लियो सदस्यहरूको उत्साह जनक उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन लायन्स क्लब अफ बिरगंजका निवर्तमान अध्यक्ष बलराम श्रेष्ठले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

उपभोक्ता अदालतको आवश्यकता र नसर्ने रोग नियन्त्रणमा सरोकारवालाको जोड

पर्सा पोस्ट , असोज ०४ गते , पोखरा ।उपभोक्ता...

उपभोक्ता हित संरक्षणमा योगदान पुर्‍याउने देशभरका ११ अधिकारकर्मी सम्मानित

र्सा पोस्ट , असोज ०४ गते , पोखरा । उपभोक्ता...

उपभोक्ता अधिकार कार्यान्वयनका लागि १७ बुँदे पोखरा घोषणापत्र जारी

पर्सा पोस्ट, असोज ०३ गते, पोखरा । ‘उपभोक्ता हित संरक्षणमा...