हरि खेतान क्याम्पसको प्रमुख डा. यादवको अवकाश , निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी किशोरी रायलाई

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित हरि खेतान बहुमुखी क्याम्पसको प्रमुख डा. भगवान यादवलाई क्याम्पसले  अनिवार्य अवकाश दिएको छ ।

क्याम्पसको सन्सोधित बिधान २०७८ र २०८० को दफा ४३ बमोजिम शिक्षकको उमेर ६३ बर्ष  र कर्मचारीको उमेर ५८ बर्ष पूरा भएपछी हाल कार्यरत क्याम्पस प्रमुख डा. भगवान यादवलाई उमेर हदका कारण अनिवार्य अवकाश दिइएको क्याम्पस सन्चालक समितको निर्णयबाट जानकारी गराईएको थियो ।

यादबको उमेर ६३ बर्ष पूरा भएको देखिएकोले सन्चालक समितिको आजको निर्णय अनुसार डा. यादवलाई अनिवार्य अवकाश दिएको हो। त्यसैगरि आजको मितिबाट अर्को व्यवस्था नभएसम्मका लागि क्याम्पसका शिक्षक किशोरी रायलाई निमित्त क्याम्पस  प्रमुखको जिम्मेवारी दिईएको हरि खेतान बहुमुखी क्याम्पसका सन्चालक समितिका अध्यक्ष प्रेम प्रकाश खेतानको अध्यक्षतामा क्याम्पस परिसरमा आज बसेको बैठकले सो निर्णय गरि जानकारी दिईएको थियो ।

सन्चालक समितिको सदस्यमा रामअवतार खेतान, सन्तोष कुमार घिमिरे , सुनिल खेतान , किशोरी राय , वेद बहादुर कार्की , सदस्य सचिब भगवान यादव , सल्लाहकार प्रकाश खेतान रहेको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...