अन्तर विद्यालय कबड्डिको फाईनल खेल सोमबार छात्रा तर्फ सुर्योदल स्कुल र लिटिल फ्लावर स्कुल , छात्रतर्फ एस आर ग्यालेक्सी स्कुल र लिटिल फ्लावर स्कुल बीच भिडन्ट

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला कबड्डी संघले आयाेजना गरेकाे अन्तर विद्यालय कबड्डी खेलकाे पाँचौ दिन सेमिफाइनल खेल सकेकाे छ ।

सेमिफाइनल खेलमा छात्रा तर्फकाे पहिलाे खेलमा सूर्याेदय स्कुलले एस आर ग्यालेक्सी स्कुललाई हराउदै फाइनलमा आफ्नाे ठाउँ पक्का गरेकाे छ । सूर्याेदय स्कुलले एस आर ग्यालेक्सी स्कुललाई ४६/३४ अंकले हराएकाे छ भने प्लेयर अफ द मेच सूर्याेदय स्कुलकी जर्सी नम्बर २ कि सलामुन खातुन घाेषित भएकी थिइन।

  1. त्यसैगरी छात्रा तर्फकाे दाेस्राे सेमिफाइनल खेलमा लिटिल फलावर  स्कुलले साउथ जाेन स्कुललाई हराउदै फाइनलमा पुगेकाे छ । लिटिल फलावर  स्कुलले साउथ जाेन स्कुललाई ४९/३४ अंकले हराएकाे छ भने प्लेयर अफ द मेच लिटिल फलावर स्कुलकी जर्सी नम्बर १४  राेशनी भण्डारी घाेषित भएकी थिइन।

    आजै भएकाे छात्रहरूकाे पहिलाे सेमिफाइनल खेलमा एस आर ग्यालेक्सी स्कुलले वीरगंज पब्लिक स्कुललाई हराउदै फाइनलमा आफ्नाे स्थान पक्का गरेकाे छ । एस आर ग्यालेक्सी स्कुलले वीरगंज पब्लिक स्कुललाई ४९/४५ अंकले हराउदै एस आर ग्यालेक्सीका जर्सी नम्बर ८ का साैरभ यादव म्यान अफ द म्याच घाेषित भएका छन् ।

    सेमिफाइनलकाे छात्र तर्फकै दाेस्राे खेलमा लिटिल फलावर स्कुलले साउथ जाेन स्कुललाई हराउदै फाईनलमा पुग्न सफल भएकाे छ । लिटिल फलावर स्कुलले साउथ जाेन स्कुललाई ४१/४० अंकले हराएको छ भने म्यान अफ द म्याच लिटिल फलावर स्कुलका जर्सी नम्बर ५४ का विश्वास यादव भएका छन् ।

    अन्तर विद्यालय कबड्डी खेलमा अंकका आधारमा छात्रा तर्फ तेस्राे स्थानमा एस आर ग्यालेक्सी स्कुल र छात्र तर्फ साउथ जाेन स्कुल विजय भएकाे पर्सा जिल्ला कबड्डी संघका कार्यक्रम संयाेजक अमित सिंहले जानकारी दिनु भयाे ।

    साेमबार हुने छात्रा तर्फकाे फाइनल खेलमा सूर्याेदय स्कुल र लिटिल फलावर स्कुल भिड्नेछन् भने छात्र तर्फ फाइनल खेलका लागि एस आर ग्यालेक्सी स्कुल र लिटिल फलावर स्कुल आमने सामने भिड्नेछन् । साेमबार हुने पहिलाे खेल १०:३० बजे देखि हुने छ भने अर्काे खेल ११:१५ मा हुने संघका संयाेजक सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...