पर्सा पोस्ट, जेठ ०३ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित छठघाट धर्मशालामा शनिबार वडा एकाई समिति गठन गरिएको छ।
समसाद आलमको सभापतित्वमा सम्पन्न भेलाले ११ सदस्यीय वडा समिति गठन गरेको हो। समितिको उपसभापतिमा सन्नी कुमार गुप्ता , सचिवमा साहिर हुसेन ठकुराई , सदस्यमा शेष तबरेज , अजय महतो , जगदीश सहनी , मिहिका थापा , मुन्नी देबि , सायरा खातुन , शेष जाहागिर र फैजुल्लाह चयन भएका छन्।
यसैगरी भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा शेख जमसेद , बिक्रम दास तत्वा , मन्सुर आलम , सुरेश चन्द्र रेग्मी र विवेक शर्मा रहेका छन्।

कार्यक्रम रास्वपाका प्रदेश शिक्षा प्रमुख सबु कंडेलको अध्यक्षतामा भएको थियो । पार्टीका जिल्ला तथा क्षेत्रीय तहका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।
भेलाले वडा स्तरमा संगठन विस्तार, जनसमस्याको पहिचान तथा जनतासँग प्रत्यक्ष समन्वय गर्दै पार्टीको गतिविधिलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।