गण्डक चोकमा ‘ लापसे ‘ चेकजाँच : लागूपदार्थ सेवन गरेका दुई चालक पक्राउ

Date:

पर्सा पोस्ट , बैशाख २५ गते , वीरगञ्ज ।
वीरगञ्जको गण्डक चोकमा सवारी चालकहरूलाई लक्षित गर्दै लागू पदार्थ सेवन (लापसे) नियन्त्रण तथा ट्राफिक सचेतना सम्बन्धी विशेष अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा तथा स्थानीय चिकित्सकहरूको सहभागितामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

अभियानअन्तर्गत सवारी चालकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै लागू पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा विशेष चेकजाँच गरिएको थियो। ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा हुन सक्ने दुर्घटनाको जोखिमबारे जानकारी गराएको थियो।

कार्यक्रममा वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूको विशेष सहभागिता रहेको थियो। चिकित्सकीय टोलीले चालकहरूको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै लागू पदार्थ सेवनसम्बन्धी प्रारम्भिक जाँचसमेत गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवालले सुरक्षित यात्राका उपाय, ट्राफिक नियमको महत्व तथा जिम्मेवार सवारी सञ्चालनबारे चालकहरूलाई सचेत गराएका थिए। उनले लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा आफ्नै मात्र नभई अन्य सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइने बताए।

चेकजाँचका क्रममा दुई जना सवारी चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यातायात संस्कृतिको विकास गर्ने उद्देश्यले यस्ता जनचेतनामूलक तथा निगरानीमूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...