सामाजिक संजालमा भइरहेको सुष्प्रचारप्रति गौतम माध्यमिक विद्यालयको आपत्ति

Date:

पर्सा पोस्ट, बैशाख २५ गते, वीरगञ्ज ।
गौतम माध्यमिक विद्यालय ले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विद्यालयविरुद्ध भइरहेको भ्रामक र एकपक्षीय प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले सार्वजनिक वक्तव्य जारी गर्दै तथ्यहीन तथा तोडमोड गरिएको सूचनामार्फत संस्थाको प्रतिष्ठामाथि योजनाबद्ध प्रहार भइरहेको दाबी गरेको हो।

विद्यालयद्वारा जारी विज्ञप्तिअनुसार अघिल्लो शैक्षिक सत्रको बाँकी शुल्क भुक्तानी गर्न अभिभावकलाई गरिएको सामान्य आग्रहलाई गलत ढंगले प्रस्तुत गरिएको उल्लेख गरिएको छ। साथै, सोही विषयलाई लिएर केही व्यक्तिहरू समूह बनाएर विद्यालय परिसरभित्र प्रवेश गरी प्रिन्सिपलको कार्यकक्षमा अमर्यादित गतिविधि गरेको घटनालाई विद्यालयले निन्दनीय भनेको छ। शान्ति क्षेत्र घोषित शैक्षिक संस्थाभित्र यस्ता गतिविधि सभ्य समाजको प्रतिनिधित्व नगर्ने विद्यालयको भनाइ छ।

विद्यालयले समयमै शुल्क नबुझाउने तर विभिन्न निकायमार्फत प्रशासनिक तथा मानसिक दबाब सिर्जना गर्ने प्रवृत्तिका कारण संस्थामाथि आर्थिक भार परेको जनाएको छ। नियमअनुसार छात्रवृत्ति तथा शुल्क छुटको व्यवस्था गर्दै आएको भए पनि केही प्रभावशाली व्यक्तिहरूले ‘सोर्स–फोर्स’ प्रयोग गरी अनुचित दबाब दिने गरेको आरोप विद्यालयले लगाएको छ। आफ्नो स्वार्थ पूरा नभएपछि सामाजिक सञ्जालमार्फत दुष्प्रचार भइरहेको विद्यालयको दाबी छ।

प्रेस स्वतन्त्रताको सम्मान गर्दै विद्यालयले अपुष्ट र एकपक्षीय समाचार प्रकाशनले हजारौं विद्यार्थीको भविष्य तथा शिक्षकहरूको मनोबलमा नकारात्मक असर पार्न सक्ने उल्लेख गरेको छ। जिम्मेवार पत्रकारिताको मर्मअनुसार तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न विद्यालयले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

विद्यालयले प्रशासनिक कामकारबाहीका क्रममा अन्जानमा हुन सक्ने मानवीय वा प्राविधिक त्रुटिलाई स्वीकार गर्दै सानातिना समस्यालाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नुको सट्टा प्रत्यक्ष संवाद र समझदारीमार्फत समाधान खोज्न अभिभावक तथा सरोकारवालासँग अनुरोध गरेको छ।

वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयले ५०औं वर्षको ऐतिहासिक यात्रामा प्रवेश गर्न लागेको स्मरण गराउँदै विगतका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीबीच पनि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ। ‘हामी बोल्नु पर्दैन, काम आफैं बोल्छ’ भन्ने मान्यता बोकेको विद्यालयले आगामी दिनमा समुदायबाट थप सकारात्मक, जिम्मेवार तथा सहयोगात्मक भूमिकाको अपेक्षा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...