अभिभावक संघ पर्साको आयोजनामा बृहत रक्तदान कार्यक्रममा ५ महिला सहित ५१ जनाले गरे रक्तदान

Date:

पर्सा पोस्ट, चैत २८ गते, वीरगंज । अभिभावक संघ पर्साको आयोजनामा चौथोपटक सम्पन्न बृहत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। रक्तदातामध्ये ५ जना महिला र ४६ जना पुरुष रहेका छन्। संस्थाका कोषाध्यक्ष कन्हैया पटेलका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रम अभिभावक संघका अध्यक्ष सन्दीप शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील शाह कानुको उपस्थिति रहेको थियो भने विशेष अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष ब्रिजकिशोर पटेल, शाश्वत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुन्ना सर्राफ, डा. प्रीति यादव, सामाजिक अभियन्ताहरू प्रकाश थारु, कन्हैया पटेल तथा मानवसेवा आश्रमका देवेस गुप्ता लगायत सहभागी रहेका थिए।

यसैगरी लालबाबु सिंह, सञ्जीव थापा, कमल चौलागाईं, असेश्वर पटेल, राजेन्द्र भट्टराई, पत्रकार आनन्द पटेल र जाकिर हुसेनसहित अभिभावक संघका सदस्यहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

त्यसैगरि रक्तदान गर्नेहरूमा बन्दना पाण्डे, श्रीकान्ति गिरी, अनुदेवी, श्वेती यादव, कुल्फी मल्ली, हरिशंकर शाह, चन्द्रिका शाह, पंकज मिश्रा, मनिष मिश्रा, दीपक चौरसिया, प्रवीण शर्मा लगायत रहेका थिए।

कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्थाले फलफूल तथा टिसर्ट सहयोग गरेको थियो। नेपाल रेडक्रस सोसाइटीका सौरभ पाण्डे, सनी यादव, सुजित गिरी र शिवम पाण्डेले व्यवस्थापनमा सहयोग गरेका थिए भने स्वास्थ्य प्राविधिक सहयोग नर्सिङ क्याम्पस वीरगंजका स्टाफ नर्सहरूले प्रदान गरेका थिए।

कार्यक्रममा पहिलो पटक रक्तदान गरेकी श्वेती यादवले रक्तदान गर्न पाउँदा उत्साहित भएको बताउँदै “थोपाथोपाले कसैको जीवन बचाउन सहयोग गर्न पाउँदा गर्व लागेको छ” भनिन्।

“रक्तदान–जीवनदान” भन्ने सन्देशलाई थप मजबुत बनाउँदै कार्यक्रमले समाजमा मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...