वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

Date:

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज ।
वीरगञ्जमा नयाँ वर्षको अवसर पारेर विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत नगवा दुर्गा पूजा समितिले “श्री हनुमान आराधना तथा महाआरती” कार्यक्रम गर्न लागेको जानकारी दिएको हो।

श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा “श्री १०८ सप्ताह हनुमान चालीसा पाठ” सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा उक्त धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको समितिले जनाएको छ। कार्यक्रमले भक्तजनमा धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामुदायिक एकता सुदृढ पार्ने विश्वास लिइएको छ।

कार्यक्रमअनुसार बैशाख १ गते मंगलबार बिहानदेखि साँझ ५ बजेसम्म हनुमान आराधना सञ्चालन हुनेछ भने साँझ ६:३० बजे भव्य महाआरती गरिनेछ। महाआरती पश्चात् सहभागी भक्तजनहरूका लागि प्रसाद वितरणको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम वीरगञ्ज महानगरपालिका–नगवा पोखरीस्थित श्री बैधि माई मन्दिर परिसरमा आयोजना गरिनेछ। आयोजकले विशेषगरी वीरगञ्जबासी लगायत सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई धार्मिक पुण्य लाभ लिन हार्दिक आग्रह गरेको छ।

कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको समितिले जानकारी दिएको छ। साथै, सुरक्षा, सरसफाइ तथा व्यवस्थापनका लागि स्वयंसेवकहरू परिचालन गरिने पनि बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...