१९ वर्ष कैद र एक लाख ९० हजार जरीवाना तोकिएका पर्सा प्रहरीद्वारा फरार प्रतिवादी दुई पक्राउ

Date:

पर्सा पोस्ट , असोज १७ गते , बिरगंज ।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको पर्सा प्रहरी निरीक्षकले जानकारी दिएको छन् ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्ष (एसपी) पवन कुमार भट्टराईको निर्देशनमा फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको वडा प्रहरी बिर्ता प्रहरी निरीक्षकले जनाएको छन् । सोही अभियानअन्तर्गत विशेष सूचनाको आधारमा ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरी निरीक्षकले जानकारी दिएको छन् ।

प्रहरी निरीक्षक सुवेदीको अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने २९ वर्षीय विर नारायण चौरसिया र सोही स्थानका २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।

उनीहरू दुवै जनालाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अदालतबाट १९ वर्ष कैद तथा कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएको पर्सा प्रहरीले जनाएको छ । अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी)चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा क्षेत्रबाट दुवै जनालाई पक्राउ गरिएको जनाएको छन् ।

उनीहरूलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। विशेष सूचनाका आधारमा परिचालित टोलीहरुले इनर्वा क्षेत्रमा खोजतलास तथा निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...