हिन्दू पत्रकार सङ्घ नेपालको सङ्गठन सुदृढीकरणमा जोड, नयाँ कोषाध्यक्षमा कन्हैया पटेल चयन

Date:

पर्सा पोस्ट, असोज १६ गते, वीरगञ्ज ।
हिन्दू पत्रकार सङ्घ नेपालले आफ्नो सङ्गठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित सङ्गठन शुद्धीकरण, कार्यालय स्थापना तथा संस्थागत गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ।

वीरगञ्जस्थित ऐतिहासिक माइस्थान मन्दिर परिसरमा शुक्रबार संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले सङ्गठनलाई थप सुदृढ र गतिशील बनाउने विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो।

बैठकले लामो समयदेखि सङ्गठनका गतिविधिमा निष्क्रिय रहेका तीन जना सदस्यलाई संस्थाबाट हटाउने निर्णय गरेको छ। सङ्गठनको उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थालाई अनुशासित, जिम्मेवार र क्रियाशील बनाउने उद्देश्यले सदस्यता शुद्धीकरणको निर्णय गरिएको जनाइएको छ।

यसैगरी, संस्थाका वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील युवा पत्रकार मञ्च नेपालको अध्यक्ष पदमा चयन भएपछि उनले हिन्दू पत्रकार सङ्घ नेपालको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्। उनको राजीनामालाई बैठकले स्वीकार गर्दै रिक्त रहेको कोषाध्यक्ष पदमा कन्हैया पटेललाई चयन गरेको छ।

बैठकले संस्थाको आफ्नै कार्यालय स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ। कार्यालय स्थापना भएपछि संस्थाका नियमित बैठक, सङ्गठनात्मक गतिविधि, पत्रकारको हकहितसँग सम्बन्धित कार्यक्रम तथा अन्य संस्थागत कामकारबाहीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, आगामी दिनमा सङ्गठनका गतिविधिलाई थप प्रभावकारी बनाउँदै पत्रकारहरूबीच आपसी एकता, सहकार्य र समन्वयलाई बलियो बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो। संस्थालाई सक्रिय र परिणाममुखी बनाउन नियमित बैठक तथा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने आवश्यकतामाथि पनि जोड दिइएको थियो।

बैठकमा संस्थाका उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्दै हिन्दू पत्रकार सङ्घ नेपाललाई थप व्यवस्थित, सक्रिय र सशक्त संस्थाका रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ। साथै, संस्थाको उद्देश्यअनुरूप पत्रकारहरूबीच एकता र सहकार्य अभिवृद्धि गर्दै आगामी दिनमा सङ्गठनात्मक गतिविधिलाई थप विस्तार गर्ने लक्ष्यसमेत बैठकले अघि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...