चरिकोटका होटल तथा किराना पसलमा संयुक्त अनुगमन, नियमविपरीत कार्य गर्नेलाई १० हजार जरिवाना

Date:

पर्सा पोस्ट, असोज २५ गते, चरिकोट ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारमा सञ्चालित होटल तथा किराना पसलमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा नियमविपरीत कार्य गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार असोज २५ गते भीमेश्वर नगरपालिका–३ स्थित चरिकोट बजारमा विभिन्न निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले होटल तथा किराना पसलको अनुगमन गरेको हो।

बजारमा सञ्चालित व्यवसायहरूको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी नियमको पालना तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत माधवप्रसाद सुवेदी, उपप्रमुख कमला बस्नेत, कर अधिकृत सञ्जय पासाङ तथा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनसहितको टोली सहभागी थियो।

अनुगमनका क्रममा नियमविपरीत कार्य गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गर्नुका साथै सम्बन्धित व्यवसायीलाई आवश्यक सम्झाइबुझाइ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

बजारमा हुने अनियमितता नियन्त्रण गर्न, व्यवसाय सञ्चालनमा कानुनी व्यवस्था पालना गराउन तथा उपभोक्ताको हित संरक्षण गर्न यस्ता अनुगमनलाई महत्त्वपूर्ण मानिन्छ। बजार अनुगमनबाट व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्ताले सहज र व्यवस्थित रूपमा वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...