वीरगञ्जमा टीभीएसको ‘महा एक्सचेन्ज अफर’ सुरु, १० लाख रुपैयाँसम्म छुट पाउने अवसर

Date:

पर्सा पोस्ट, असोज २६ गते, वीरगञ्ज ।
चाडपर्वलाई लक्षित गर्दै वीरगञ्जमा टीभीएसको ‘अब सबैको महा एक्सचेन्ज’ अफर सुरु भएको छ। पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको हो।

वीरगञ्जस्थित नारायणी यातायात नजिक रहेको टीभीएसको आधिकारिक बिक्रेता अंकित ट्रेड कन्सर्नले सञ्चालनमा ल्याएको यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटरको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्। कम्पनीले पुरानो सवारीसाधनको उचित मूल्यांकनसँगै नयाँ सवारीसाधन खरिदमा आकर्षक छुट तथा विभिन्न सुविधा उपलब्ध गराउने जनाएको छ।

अफरअन्तर्गत ग्राहकले पुरानो सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर प्राप्त गर्न सक्नेछन्। त्यस्तै, १० लाख रुपैयाँसम्म नगद छुटका साथै ‘गोल्डेन की’ जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।

अंकित ट्रेड कन्सर्नका सञ्चालक माधवराज पालका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको उक्त अफर छठपर्वसम्म सञ्चालन हुनेछ। उनले ग्राहकले कम्तीमा एक सातासम्म एक्सचेन्ज अफरको लाभ लिन सक्ने जानकारी दिँदै विद्युतीय स्कुटरसमेत आकर्षक मूल्यमा उपलब्ध रहेको बताए।

पालका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा सवारीसाधन खरिद गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दी सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।

कम्पनीका अनुसार एक्सचेन्ज अफरमा सहभागी ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन्। पुरानो सवारीसाधनको मूल्यांकनदेखि नयाँ सवारीसाधन खरिदसम्मको प्रक्रियालाई सहज बनाउने उद्देश्यले विभिन्न सुविधा ल्याइएको कम्पनीको भनाइ छ।
यस अफरले पुराना बाइक तथा स्कुटर प्रयोग गरिरहेका ग्राहकलाई नयाँ प्रविधि, आधुनिक सुविधा र सहज खरिद प्रक्रियासहित टीभीएसका नयाँ सवारीसाधनमा अपग्रेड हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...