पत्रकारिताको व्यावसायिकता र संगठन सुदृढीकरणमा प्रेस सेन्टर पर्साको जोड

Date:

पर्सा  पोस्ट, असोज १२ गते, वीरगञ्ज ।

प्रेस सेन्टर नेपाल पर्सा शाखाको नियमित बैठक पत्रकारिताको वर्तमान अवस्था, पत्रकारका पेशागत चुनौती तथा संगठन सुदृढीकरणका विभिन्न विषयमा छलफल गर्दै आज सम्पन्न भएको छ।

प्रेस सेन्टर नेपाल पर्सा शाखाका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, पत्रकारिताको व्यावसायिकता, जिम्मेवार पत्रकारिताको अभ्यास तथा संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा विशेष छलफल भएको हो।

बैठकमा सहभागी वक्ताहरूले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले भोगिरहेका समस्या, पेशागत सुरक्षा, पत्रकारिताको विश्वसनीयता र मर्यादा कायम राख्नुपर्ने आवश्यकताबारे आ–आफ्ना धारणा राखेका थिए। पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको पालना गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा जोड दिनुपर्ने विषयमा समेत छलफल गरिएको थियो।

त्यसैगरी, संगठनका गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउँदै पत्रकारहरूको पेशागत हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा संगठनात्मक एकतालाई मजबुत बनाउने विषयमा बैठकले विशेष जोड दिएको छ। पत्रकारहरूबीच आपसी समन्वय, सहकार्य र एकतालाई थप सुदृढ गर्दै आगामी दिनमा संगठनका गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति रहेको थियो। साथै प्रेस सेन्टर नेपाल पर्सा शाखाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकले पत्रकारहरूको पेशागत क्षमता विकास, हकहित संरक्षण तथा संगठनलाई थप सशक्त बनाउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल गरेको छ। वर्तमान चुनौतीको सामना गर्न पत्रकारहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको सहभागीहरूको धारणा थियो।

प्रेस सेन्टर नेपाल पर्सा शाखाका सचिव अजित भुजेलका अनुसार बैठकले पत्रकारिता क्षेत्रको समसामयिक अवस्था र संगठनका आगामी गतिविधिबारे गहन छलफल गर्दै आपसी समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उनले संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै पत्रकारहरूको पेशागत हित तथा क्षमता अभिवृद्धिका लागि आगामी दिनमा आवश्यक कार्यक्रम र गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...