गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको शुभारम्भ

Date:

पर्सा पोस्ट , असोज ०९ गते , वीरगञ्ज ।
वीरगञ्जबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच औपचारिक विमोचन गरिएको छ। वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा मन्त्रपाठ तथा पूजापाठसहित पत्रिकाको शुभारम्भ गरिएको हो।

ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेद्वारा मन्त्रपाठ तथा पूजापाठ गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले ‘देश मधेश’ साप्ताहिकको औपचारिक विमोचन गरे।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल र उपाध्यक्ष वीरेन्द्र साहले समेत पत्रिकाको विमोचन गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज प्रसाद चौधरीले देशकै प्रमुख आर्थिक नगरी वीरगञ्जबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिकले पत्रकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे।
उनले गहवामाई मन्दिर परिसरजस्तो पवित्र धार्मिक स्थलबाट पत्रिकाको शुभारम्भ गरिनु आफैंमा सकारात्मक, मौलिक र प्रेरणादायी कार्य भएको बताए।

“होटलमा तडकभडकका साथ गरिने विमोचनभन्दा पवित्र मन्दिर परिसरबाट पत्रिकाको शुभारम्भ गर्नु ऐतिहासिक र प्रेरणादायी कार्य हो,” चौधरीले भने।

उनले पत्रकारिता समाजको ऐना भएकाले समाजमा देखिएका विकृति, विसंगति र बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै सत्य–तथ्य समाचार सम्प्रेषण गर्न पत्रिकालाई आग्रह गरे। देश तथा समाजको विकास, सुशासन, सामाजिक रूपान्तरण र जनचासोका विषयलाई प्राथमिकतामा राखेर ‘देश मधेश’ले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।
वीरगञ्जका क्रियाशील युवा पत्रकारहरूको टिमले सञ्चालनमा ल्याएको पत्रिकाले निष्पक्ष, विश्वसनीय र तथ्यमा आधारित समाचार सामग्रीमार्फत पाठकको विश्वास जित्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरी नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाईले युवा पत्रकारहरूको सक्रियतामा नयाँ सञ्चारमाध्यमका रूपमा ‘देश मधेश’ साप्ताहिकको प्रकाशन सुरु हुनु सकारात्मक भएको बताए।

उनले समाजका विभिन्न क्षेत्रमा पछाडि पारिएका तथा आफ्ना कुरा राख्न नसक्ने नागरिकको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्दै ‘देश मधेश’ले आवाजविहीनहरूको आवाज बन्ने अपेक्षा व्यक्त गरे।

ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले अनन्त चतुर्दशीको शुभ अवसर पारेर पत्रिकाको शुभारम्भ गरिएको उल्लेख गर्दै पत्रिकाले देश, समाज र जनताको पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे। शुभ दिनमा गरिएको पत्रिकाको सुरुवातले पत्रकारिताको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र ‘देश मधेश’ले आफ्नो छुट्टै छाप छोड्ने उनले बताए।

पत्रिकाका प्रकाशक अभिलाश गुप्ताले वीरगञ्ज तथा मधेशका स्थानीय मुद्दा, सामाजिक सरोकार, शिक्षा, स्वास्थ्य, आर्थिक गतिविधि, उद्योग–व्यापार, संस्कृति तथा जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर पाठकमाझ सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले बदलिँदो सञ्चार प्रविधिसँगै पाठकको सूचना आवश्यकतालाई ध्यानमा राख्दै सत्य, तथ्य र विश्वसनीय समाचारलाई प्राथमिकता दिने बताए। स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्दै समाजमा सकारात्मक परिवर्तनका लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित पत्रिकाको प्रकाशन सुरु गरिएको उनको भनाइ थियो।

कार्यक्रममा युवा अनिल पटेल, पत्रकार राकेश कुमार साह, सन्तोष कुशवाहा, आकाश राजभण्डारी, ओमप्रकाश सर्राफ, समाजसेवी धीरज साहलगायत पत्रकार, सञ्चारकर्मी, युवा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

वीरगञ्जबाट नयाँ साप्ताहिक पत्रिकाका रूपमा ‘देश मधेश’को प्रकाशन सुरुवातसँगै स्थानीय पत्रकारिता क्षेत्रमा थप एउटा सञ्चारमाध्यम थपिएको छ। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदै तथ्यमा आधारित र जनउत्तरदायी पत्रकारितामार्फत पाठकको विश्वास जित्नु पत्रिकाका लागि मुख्य चुनौती र अवसरका रूपमा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...