भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति बिरगंज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

Date:

पर्सा पोस्ट, भाद्र २२ गते, बिरगंज ।
भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति बिरगंज कपडा बैंकले दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरेको छ। बाढीमा परी दिवङ्गत भएका सम्पूर्ण मृतकको चिरशान्तिको कामना गर्दै कपडा बैंकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको हो।

बिरगंज–८ स्थित कपडा बैंकको कार्यालयमा सोमबार साँझ आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए। कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरिएको थियो।

कार्यक्रम बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, वरुण चौरसिया, हुकुम सिंह राजपुत, श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, समाजसेवी दीपक खड्गी, सुशीला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्ता तथा कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै अधिवक्ता पन्नालाल गुप्ताले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै धेरै परिवारलाई पीडा र संकटमा पारेको बताए। विपत्तिको यस विषम घडीमा सम्पूर्ण नेपाली एकजुट भएर पीडित परिवारको दुःखमा साथ दिनुपर्नेमा उनले जोड दिए।

उनले मानवीय संवेदना र सहकार्यलाई प्राथमिकतामा राख्दै बाढीपीडितको घाउमा मलम लगाउन सबै मिलेर अघि बढ्नुपर्ने आग्रह गरे। विपत्तिमा परेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु नै अहिलेको प्रमुख दायित्व भएको उनको भनाइ थियो।

त्यसैगरी कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले प्राकृतिक विपत्तिको समयमा सबै पक्ष एकजुट भएर पीडितको सेवा र सहयोगमा जुट्नुपर्ने बताए। उनले बाढीमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।

अध्यक्ष सिंहले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै विपत्तिमा परेका परिवारलाई सक्दो सहयोग गर्न सबैमा आग्रह गरे।

बिरगंज कपडा बैंकले यस कार्यक्रममार्फत भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिको समयमा मानवीय सहयोग, सहकार्य र एकताको भावना अझ बलियो बनाउनुपर्ने सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...