रसुवा बाढीमा ज्यान गुमाएकाप्रति वीरगञ्ज युवा समाजको श्रद्धाञ्जली, घण्टाघरमा दीप प्रज्वलन

Date:

पर्सा पोस्ट, जेष्ठ २२ गते, वीरगञ्ज ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वीरगञ्ज युवा समाजले घण्टाघर प्राङ्गणमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सोमबार साँझ ६ बजे कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले मृतकहरूप्रति सम्मान प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रमको शुभारम्भ वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाले मैनबत्ती बालेर गर्नुभएको थियो। त्यसपछि सहभागीहरूले मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए। शोक र सम्मानको प्रतीकस्वरूप कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको थियो।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष संजीव थापा र समाजसेवी प्रकाश उपाध्यायले प्राकृतिक विपद्मा परी अमूल्य जीवन गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो।

उहाँहरूले विपद्को समयमा मानवीय संवेदना, एकता र सहकार्य अझ महत्वपूर्ण हुने उल्लेख गर्दै पीडित परिवार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग र साथ दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी युवाहरूले विपद्का घटनाले निम्त्याउने मानवीय पीडाप्रति समाजको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य र सम्बन्धित निकायहरू थप संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
वीरगञ्ज युवा समाजका सल्लाहकार मार्टिन मोक्तानले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ तथा सदस्यहरू मनोज गुप्ता, राजु गुप्ता, सुशील सिंह, काजल मानन्धर, मञ्जु भण्डारी, रोजी प्रधान, रिश्मा श्रेष्ठ, सुमन पौडेल, पुष्पराज कोइराला, रोशन गुप्ता, कमलेश सर्राफ, सुदेश लाखे, विक्रान्त खनाल, शैलेन्द्र यादव, उमेश श्रेष्ठ, हरेन्द्र यादव र राज भण्डारी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले विपद्मा ज्यान गुमाएकाहरूप्रति सम्मान मात्र नभई पीडित परिवारप्रति वीरगञ्जको युवा समुदायको ऐक्यबद्धता र मानवीय संवेदनासमेत प्रस्तुत गरेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...